" /> मन्दिरमा दलित भन्दै यसरी गरियो अभद्र व्यवहार ! – News of Global

News of Global शनिबार, बैशाख ०४, २०७८

काठमाडौं । समाज परिवर्तनको क्रममा नै छ । समाजभित्र सानो र ठूलो जाति, धनी र गरीबबीचको विभेद पनि कायमै छ । केही प्रयासमा कम हुँदै गए पनि अझै विभेदलाई उचालेर राजनीति गर्नेहरुको पनि कमी छैन । त्यही विभेदविरुद्धको एउटा अभियान स्वरुप सांगीतिक कोसेली लिएर आएका छन् ज्योतिप्रकाश ।

गायक तथा संगीतकार ज्योतिप्रकाशको संगीत र स्वरमा रहेको गीत ‘बोल देउता’को म्यूजिक भिडियोसहित सार्वजनिक भएको छ । चन्द्र भट्टचनद्वारा रचित गीतका शब्दहरुले देउतालाई नै पात्र बनाएर समाजको विभेदलाई प्रस्ट्याउन खोजिएको छ ।

आफैंले बनाएको मूर्ति मन्दिरमा राखेपछि पूजा गर्नसमेत नपाउने कस्तो परिवेश ? आखिर देउता त सबैको हो, समानता मन्दिरभित्र किन हुँदैन भन्ने कथा म्यूजिक भिडियोमा देखाइएको छ । समाजमा कायम रहेको विभेदलाई म्यूजिक भिडियो मार्फत सन्देश दिन खोजिएको छ । म्यूजिक भिडियोको निर्देशन शान्तिप्रियले गरेका छन् । भिडियोमा पत्रकारत्रय माधवराज खरेल, लोकराज अधिकारी र सुमन पण्डितको अभिनय रहेको छ । गोविन्द अन्जानको छायाँकन रहेको भिडियोलाई विकास धमलाले सम्पादन गरेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]