" /> राखीको शब्द, नरबहादुरको संगीत र सुरजको स्वरमा ‘मेरा कथा’ – News of Global

News of Global आइतबार, बैशाख १२, २०७८

काठमाडौं । आधुनिक गायनको अब्बल दर्जाका गायक हुन् सुरज कुमार थापा । उनका स्वरमा रहेका प्राय सबै गीतहरु सदाबहार सिर्जना बनेका छन् । गायनमा आफूलाई समाहित गराउँदै सबैको मन छुन सक्ने सिर्जना दिनसक्ने गायक सुरज कुमार थापाको स्वरमा रहेको गीत ‘मेरा कथा’ बजारमा आएसँगै सबैको मन जित्न सफल भएको छ ।
भनौं भने मेरा कथा तिमीलाई दुख्ला कि ! गीतकार राखी गौचनका शब्द सिर्जनामा पनि गहिराई भेटिएको छ । उनको सिर्जनासँगै संगीतकार नरबहादुर दाहालले शब्दलाई उचाई दिने र सबैको मन छुने संगीत दिएका छन् । किरण कँडेलको संगीत संयोजनमा गीतको संगीतले उचाइ पाएको छ । शब्द र संगीतलाई पछ्याउँदै गायक थापाले पनि कर्णप्रिय स्वर दिएका छन् ।

‘मेरा कथा’ को श्रव्यलाई अझै दृश्यमार्फत पनि देखाउन खोजिएको छ । जसको भिडियोमा कुमार गजुरेल र हेमा श्रेष्ठको अभिनय रहेको छ । भिडियोको निर्देशन भने सन्तोष बस्न्यातले गरेका छन् । भिडियोको छायाँकन तथा सम्पादन अनमोल शर्माको रहेको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]