" /> ‘सिरानी लाएँ हात फेरी फेरी….’ को कर्भरसङ् बनाउनुस् तीस हजार जित्नुस – News of Global

News of Global शुक्रबार, बैशाख २४, २०७८

काठमाडौ । एकपछि अर्को श्रोता रुचिको गीतसंगीत पस्कदै आईरहनु भएका संगीतकार ओम प्रकाश राईले कोराना कहरका कारण घरमा बसेर निराश बनिरहनु भएका आफ्ना श्रोता, दर्शकहरुलाई मनोरञ्जन गराउन आधुनिक गीतको भिडियो सार्वजनिक गर्नु भएको छ । ओसियन म्युजिक प्रालिको प्रस्तुती ‘सिरानी लाएँ हात फेरी फेरी….’ बोलको गीतको भिडियो संगीतकार राईको आफ्नै युट्युव च्यानल मार्फत सार्वजनिक गरिएको छ । सन्चमान राईको शब्द, ओम प्रकाश राईको संगीतमा प्रविण वेडवालको मिठो स्वर श्रवण गर्न सकिन्छ । आरडी थापाको एरेञ्ज, ज्ञानु राईको छायांकन तथा निर्देशन रहेको भिडियोमा निराज प्रधान र सुप्रिया श्रेष्ठको अभिनय रहेको छ । भिडियोको एक महिना भित्र कर्भरसंङ्घ बनाएर न्युनेपाली म्युजिक यरदरेड जिमेल डट कोममा पठाउन सकिने छ र प्राप्त भिडियोहरु मध्येबाट तीन महिना भित्र जसको भिडियो लाईक, शेर बढी हुन्छ पहिलोलाई ३०,०००, दोश्रोलाई १५,०००, तेश्रोलाई १०,००० हजार पुरस्कार प्रदान गरिने छ । भिडियो पठाउने ठेगाना: [email protected]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]