काठमाडौं । तेस्रोपटक प्रधानमन्त्री बनेका केपी शर्मा ओलीले केही दिनअघि प्रधानमन्त्री पदको शपथ गर्ने क्रममा राष्ट्रपति समक्ष बोलेको शब्द ‘त्यो पर्दैन’ बाट एकातिर टिकाटिप्पणी हुँदै गर्दा गीतकार लोकराज अधिकारीलाई भने सिर्जनाको स्रोत मिलेको छ ।

सामाजिक सञ्जालमा ‘त्यो पर्दैन’ भाइरल भइरहेको बेलामा लोकराज अधिकारीले पनि ‘त्यो पर्दैन’ बोलको गीत लेखेर पनि रेकर्ड गराई लिरिकल भिडियो नै बजारमा ल्याउन सफल भए ।


वाइटिएच स्टुडियोको यूट्युब च्यानलबाट सार्वजनिक भएको उक्त गीतमा गायक योगेश काजी, गायिका सारिका घिमिरे तथा गायक देवेन्द्र बब्लुको स्वर सुन्न सकिन्छ ।

Nepal Telecome

यो गीतलाई गायक योगेशकाजीले नै संगीतबद्ध गरेका छन् भने गीतका संगीत संयोजक पनि योगेश काजी नै हुन् ।

वर्ल्ड कभर मिडियाका विरेन्द्र भाट बिपिनले उक्त लिरिकल भिडियो तयार पारेका हुन् ।