" /> मालबाहक ट्रक खोलामा खस्दा एकको मृत्यु – News of Global

News of Global शुक्रबार, भाद्र ११, २०७८

बागमती । मकवानपुरको भीमफेदीमा मालबाहक ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य दुई घाइते भएको प्रहरीले जनाएको छ । आज भीमफेदी गाउँपालिका–१ को सानुटार नजिक फलाम बोकेको ट्रक अनियन्त्रित भई राप्ती खोलामा खस्दा ट्रकमा सवार सिन्धुलीका २८ वर्षीय भोजराज बस्नेतको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक जयश्वर रिमालले जानकारी दिनुभयो ।

त्रिभुवन राजपथ हुँदै काठमाडौँ जाँदै गरेको प्रदेश१–०२–००१ख ८७५९ नम्बरको ट्रक अनियन्त्रित भएर दुर्घटना भएको र बस्नेतको घटनास्थलमै ज्यान गएको रिमालले बताउनुभयो । दुर्घटनामा ट्रक चालक मोरङ सुन्दरहरैचाका राजन बाँस्कोटा र सहचालक सोही ठाउँका सरोज आचार्य घाइते भएकाले उनीहरुको हेटौँडास्थित चुरेहिल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]