काठमाडौं । कोरोनाको कारण विगत लामो समयदेखि बन्द रहेको क्लब उडल्याण्डमा गायक सविन राईको धामाका सहित खुल्ने भएको छ । नयाँ साजसज्जाका साथमा संचालनमा आउन लागेको क्लब उडल्याण्ड भोली शुक्रबार साँझबाट संचालन हुने भएको भएको छ ।

Nepal Telecome

उक्त दिन सविन राईको प्रत्यक्ष लाइभ म्यूजिकमा रमाउन पाइने छ भने देशका विभिन्न क्षेत्रका अतिथि लगायत कलाकारहरुको पनि उपस्थित रहने छ। कार्यक्रममा इन्टरनेशनल डिजेले डान्स फ्लोरमा मनोरन्जन प्रदान गर्ने क्लवका प्रवन्ध निर्देशक सुनिल कुँवरले जानकारी दिए ।

‘लामो लकडाउन पछि नयाँ योजना र पुनर्निर्माण गरि क्लवलाई पारिवारिक वातावरण प्रदान गर्ने जमर्को गरेका छौं’ क्लवका अध्यक्ष प्रेम श्रेष्ठले भने, ‘हरेक दिन फरक फरक गायक तथा म्यूजिक व्याण्डको साथमा लाइभ म्यूजिक प्रस्तुतीका साथै राम्रो खानाको पनि व्यवस्थाका साथ यो क्लव पुन सन्चालन गर्न लागेका छौं’ ।