" /> दिप गुरुङको संगीत तथा प्रस्तुतिमा मौलिक झ्याउरे भाका ‘माया रिमै’ – News of Global

News of Global बिहिबार, आश्विन २१, २०७८

काठमाडौं । गायिका निशा गुरुङ र शितल गुरुङको पछिल्लो नयाँ झ्याउरे भाका ‘माया रिमै’ घटस्थापनाको दिन पारेर सार्वजनिक भएको छ । गायिका निशा गुरुङ र शितल गुरुङको स्वर रहेको यस गीत दीप कोके गुरुङको प्रस्तुतिमा आएको हो । सुमन आलेको शब्द रहेको यस गीतको संगीत दीप गुरुङको रहेको छ ।


‘माया रिमै’ गीतले गाउँमा बसेको रोधी झ–झल्कोलाई मेटाउने प्रयास गरेको संगीतकार तथा प्रस्तुतिकर्ता दीप कोके गुरुङले बताए । गोरखाको माटोमा हुर्किएको मौलिक झ्याउरे भाका हो त्यही वरिपरिको मौलिक भाकालाई मध्यनजर गरेर गीत निर्माण भएको गुरुङले बताए ।

यस गीतमा बबिता गुरुङ, पार्वती गुरुङ, सुमित्रा गुरुङ, आनन्द गुरुङ, आशिष गुरुङ र सन्तोष थापाको अभिनय रहेको छ । ‘माया रिमै’ गीतको भिडियोलाई शम्भू चालिसे र मेगराज मग्रातीले छायाँकन गरेका छन् भने मेकबहादुर थापाले सम्पादन गरेका छन् । पश्चिमाञ्चल सांस्कृतिक केन्द्रद्वारा पोस्ट प्रोडक्सन भएको यस गीतको भिडियोलाई दीप गुरुङले नै निर्देशन गरेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]