" /> क्लब उडल्याण्डमा गुन्जिए सबिन राई – News of Global

News of Global आइतबार, आश्विन २४, २०७८

काठमाडौं । कोरोना भाइरस कोभिड–१९ को महामारीसँगै लकडाउनमा परेको रात्रीकालिन व्यवसाय भर्खरै खुल्न थालेको हो । लामो समयसम्म बन्द रहेको रात्रीकालिन व्यवसायमध्ये क्लब, डान्स बार र दोहोरी हुन् । त्यही मारमा परेको क्लब व्यवसायमध्ये नाम चलेको क्लब उडल्याण्डले लकडाउन खुलेसँगै आफूलाई नयाँ साजसज्जासँगै पुनः संचालनमा ल्याएको छ ।


दरबारमार्ग महेन्द्र शालिक अगाडि रहेको क्बल उडल्याण्डले पुनः नयाँ डेकोरेसनसहित गायक सविन राईलाई प्रमुख आकर्षण बनाएर संचालनमा ल्याएको हो । असोज २२ गते शुक्रबारको रात्रीकालिन समयमा गायक सविन राईलाई प्रमुख अतिथि बनाएर केक काट्दै संचालनमा रौनकता ल्याएको हो । गायक सविन राईको प्रस्तुतिसँगै क्लब उडल्याण्डमा भिडभाड बढेको थियो । सविन राईको प्रस्तुतिलाई हेर्न र उनीसँगै रमाउनका लागि जम्मा भएका ग्राहकहरुको भीडमा आयोजना गरिएको उक्त कार्यक्रममा क्लबका अध्यक्ष प्रेम श्रेष्ठको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा स्वागत गर्दै अध्यक्ष प्रेम श्रेष्ठले गायक सविन राईको प्रमुख आतिथ्यमा क्लब उडल्याण्डलाई ६ वार्षिकोत्सव मनाएका थिए । क्लब उडल्याण्ड छैटौं वर्ष पार गरेर सातौं वर्षमा प्रवेश गर्दा साथ र सपोर्ट दिने सम्पूर्ण शुभचिन्तकलाई आधार प्रकट गरेका थिए ।
कार्यक्रममा क्बल उडल्याण्डमा प्रबन्ध निर्देशक सुनिल कुँवर, संचालक समूहका अर्जुन बस्नेत, नवीन प्रधान, किशोर थापा, सुशील खड्गी, सुनिल श्रेष्ठ, रामशरण खरेल रहेका छन् ।

कार्यक्रममा गायक सविन राईले आफ्ना प्रस्तुतिहरु दिएर ग्राहकहरुलाई सांगीतिक प्रस्तुति दिएका थिए । उनले आफ्ना चर्चित गीतहरु प्रस्तुत गरेर आफ्ना फ्यानहरुलाई मनोरञ्जन दिएका थिए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]