" /> बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने कार्यक्रम ल्याउन आग्रह – News of Global

News of Global शनिबार, मंसिर ०४, २०७८

काठमाडौँ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले बेरोजगार युवालाई रोजगारी सिर्जना गर्ने गरी योजना तथा कार्यक्रम ल्याउन सूचना तथा सञ्चार क्षेत्रका उद्यमीलाई आग्रह गर्नुभएको छ ।

कम्प्युटर एसोसिएशन नेपाल महासङ्घ (क्यान) को २८औँ साधारणसभाको पूर्वसन्ध्यामा सूचना तथा सञ्चार प्रविधि क्षेत्रका उद्यमी र सरोकार भएकासँग आज आयोजित छलफल कार्यक्रममा मन्त्री पौडेलले सूचना र प्रविधिका क्रियाकलापलाई राष्ट्रको मूलधारको विकास नीतिसँग जोडेर लैजान नेपाली भूगोल सुहाउँदो र स्थानीय आवश्यकता र सम्भावनाअनुसार कार्ययोजना तयार गर्नुपर्ने बताउनुभएको हो ।

उहाँले सार्वजनिक शिक्षामा क्यानले योगदान दिन तथा व्यवसायमूलक मात्र नभई सेवामूलक र सामाजिक उत्तरदायित्व बहन गर्ने गरी क्रियाकलाप तर्जुमा गर्न पनि आग्रह गर्नुभयो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]