" /> दिदीभाइको फरक प्रस्तुति सीता र मदनको ‘बरको शीतल छायाँ’ – News of Global

News of Global बिहिबार, मंसिर २३, २०७८

काठमाडौं । लोकप्रिय गायिका सीता केसी र गायक मदन केसीको आवाजमा रोमान्टिक लभ सङ ‘बरको शीतल छायाँ’ बजारमा आएको छ । मलाई अमेरिका यही, छलछल पानी, भाग्यले नि ढाँट्यो, जिन्दगी भार भयो लगायतका चर्चित गीतहरुमा स्वर दिएकी गायिका सीता केसीले यतिबेला भने आफ्नै भाइ मदन केसीसँग सहकार्य गर्दै ‘बरको शीतल छायाँ’ बजारमा ल्याएकी हुन् । लोक गीतलाई अलि फरक प्रस्तुतिका साथ रोमान्टिक र मायाप्रेमको शैलीमा प्रस्तुत गरिएको गीत हो ‘बरको शीतल छायाँ’ ।
यस गीतमा अर्जुन खड्का बाबुको शब्द रहेको छ भने दीपक घर्तीको संगीत रहेको छ । सबिन सेन्चुरीको संगीत संयोजन रहेको यस गीतको मिक्सिङ कुमार रानाले गरेका छन् । मारुनी रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको यो गीतको म्यूजिक भिडियोमा भने राजन केसी र सगुन शाहीलाई फिचरिङ गरिएको छ । वीरेन्द्र भट्टको छायाँकन रहेको यस भिडियोको सम्पादन विकास ज्ञवालीले गरेका हुन् भने मदन खड्काको निर्देशन रहेको छ । ‘बरको शीतल छायाँ’ गीतको म्यूजिक भिडियोलाई सीता केसीको अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]