" /> म्यूजिक खबर म्यूजिक अवार्डमा कला र शिव उत्कृष्ट गायक गायिका – News of Global

News of Global बिहिबार, पौष २२, २०७८

काठमाडौं । पुष ११ गते राजधानीमा भव्य रुपमा सम्पन्न भएको ‘नवौं म्यूजिक खबर म्यूजिक अवार्ड –२०२१’ मा गायक शिव संगीत र गायिका कला लम्सालले उत्कृष्ट लोकदोहोरी गायक गायिकाको अवार्ड चुम्न सफल भएका छन् ।
शिव संगीतले बनमा चरी बोलको गीतबाट अवार्ड उचालेका हुन् भने कलाले ‘लाहुरे आएन झुक्यायो’ बोलको गीतबाट अवार्ड चुमेकी हुन् । गायक शिव संगीतसँगै उत्कृष्ट पाँचभित्र विक्रम परियार, मौसम गुरुङ, विमल डाँगी, रविन लामिछाने परेका थिए । त्यस्तै गायिका कला लम्सालसँगै अमृता श्रीपाल, लक्ष्मी मल्ल, सरिता डाँगी, सुनितामी परियार उत्कृष्ट पाँचभित्र परेका थिए । निर्णायकहरुको मत र दर्शकहरुको भोटको आधारमा शिव र कलाले सर्वोत्कृष्ट गायक गायिकाको अवार्ड चुम्न सफल भएका हुन्
लोकदोहोरी तर्फ शब्द सिर्जनामा रविन लामिछाने, भाकातर्फ श्रीकृष्ण बममल्लले अवार्ड चुम्न सफल भएका थिए ।

म्यूजिक खबरको प्रस्तुति एवं शुभकामना मिडिया सोलुशनको आयोजनामा भएको नवौं म्यूजिक खबर म्यूजिक अवार्डमा वरिष्ठ गीतकार राजेन्द्र थापालाई म्यूजिक खबर दीर्घ साधना सम्मान अर्पण गर्दै सम्पन्न भएको हो । संस्कृति, पर्यटन र नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेको प्रमुख आतिथ्यतामा राजधानीको लैनचौरस्थित लैनचौर बैंकटको हलमा भएको उक्त कार्यक्रममा थापालाई ३०५५५। रुपैयाँ नगद राशिसहित दोसल्ला र सम्मानपत्रद्वारा दीर्घ साधना सम्मान अर्पण गरिएको थियो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]