" /> गायिका समीक्षा अधिकारी ‘कदमैको छायाँ’मार्फत पुनः सार्वजनिक – News Of Global

News Of Global सोमबार, जेठ ०९, २०७९

काठमाडौं । लामो समय व्यक्तिगत समस्यामा झेलिएकी गायिका समीक्षा अधिकारीको पछिल्लो गीत कदमैको छायाँसँगै बजारमा उनी देखा परेकी छन् । संख्यामा भन्दा गुणस्तरमा ध्यान दिने गायक हुन हिमाल घले । उनको कर्णप्रिय स्वरमा मौलिकता झल्काउने गीतहरु बजारमा धेरै छन् । पछिल्लो समय उनकै संगीत सिर्जनामा तयार भएको गीत ‘कदमैको छायाँ’ बजारमा आएको छ ।

समीक्षा र हिमाल घलेको आवाजमा बजारमा आएको गीत कदमैको छायाँ धादिङ गोरखातिरको मौलिक लोकशैलीलाई समेटर तयार गरिएको छ । आफ्नै गाउँको सेरोफेरो, ग्रामीण परिवेशसँगै जोडिएको मायाप्रेमपूर्ण गीतलाई लोकप्रिय सर्जक रमेश बिजीले शब्द सिर्जना गरेका हुन् । तक्दिरमा नभए पनि दिल बसेको कुरालाई गीतमा समावेश गरिएको छ । गीतको संगीत संयोजन भने सागर विरहीले गरेका छन् । गीतको सहगायनमा भिमु गुरुङ, सागर विरही, विन्दा परियारले साथ दिएका छन् ।

सार्वजनिक भएको गीत हो ‘कदमैको छायाँ’को म्यूजिक भिडियोलाई लोकप्रिय निर्देशक प्रकाश भट्टले निर्देशन तथा कोरियोग्राफी गरेका हुन् । गीतको सम्पादन विष्णु शर्माले गरेका छन् भने छायाँकन नवराज उप्रेतीको रहेको छ । साइभिजनको पोष्ट प्रोडक्सनमा निर्माण भएको भिडियोमा सुधिर श्रेष्ठ र आश्विनी शाहीले फिचरिङ गरेका छन् । भिडियोलाई हिमाल घलेको यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको हो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]