" />
नेपाली फिल्म र नाटकका चर्चित कलाकारहरु समावेश श्रृंखला ‘ब्रह्माण्ड’को छायांकन मंगलबारदेखि पोखरामा सुरु भएको छ । कान्तिपुर फिल्म एकेडेमीले फिचर फिल्म ‘म’पछि यो सिरिजको निर्माण गरेको हो । स्थानीय गुप्तेश्वर मन्दिरमा मुहूर्त गरी छायांकन थालिएको हो ।
आठ घण्टाको यो सिरिजलाई आठ एपिसोडमा निर्माण गरिने भएको छ । नाटककार रियाजले निर्देशन गर्ने सिरिजलाई पुरुषोत्तम प्रधानले छायांकन गर्दैछन् । सिरिजमा सुनिल थापा, भोलाराज सापकोटा, राजन खतिवडा, सरिता गिरी, माओत्से गुरुङ, सुरज बिस्टसँगै एकेडेमीका कलाकारहरू सुप्रज्ञा शर्मा र सञ्जय ढुंगानाले अभिनय गर्दैछन् ।