राष्ट्रभावनाले ओतप्रोत चलचित्र काँडेतारको शीर्ष गीत शनिबार ओएसआर डिजिटल मार्फत रिलिज भएको हो । जनप्रिय गायिका सत्यकला राई, गायक राजेश पायल राई र जे पापीको अवााज रहेको उक्त गीत मिलन कान्छा किँरातले लेखेका हुन् भने मनी थापाले संगीत भरेका हुन् ।
देशको सिमाना जोगाउने अभियान स्वरूप निर्माण भएको चलचित्र ‘काँडेतार’ का निर्माता समेत रहेका नायक नवल खड्काले लेखन निर्देशन पनि आफैँले गरेका छन् । खड्काले यसअघि पनि यस्तै राष्ट्रवादी चलचित्रहरु निर्माण गरेर आफुँलाई राष्ट्रवादी कित्तामा उभ्याई सकेका छन् ।
खड्काका लोकप्रिय चलचित्रहरुमा आवाज, दशगजा, भीमदत्त, क्रान्ति, गुन्यु चोली माया बसेछ लगायत छन् । सत्यकला राई कार्यकारी निर्माता रहेको चलचित्रमा माकीको राई र अन्जु केसी निर्माता रहेको छन् ।

चलचित्रका निर्माता तथा निर्देशक नवल खड्काका अनुसार केहिदिनमै चलचित्र सेन्सरमा जाने र सेन्सर पास भएलगत्तै प्रदर्शन मिति तोकिने छ । खड्का हाल चलचित्र निर्माता संघका अध्यक्ष समेत हुन् ।

Nepal Telecome

चलचित्र ‘काँडेतार’ मा प्रमुख अभिनेता तथा निर्देशक नवल खड्कासँगै अभिनेत्री सुरविना कार्की, गौरव पहारी, रेविका गुरुङ, प्रशान्त यादव, मुरलिधरन, प्रेम सुब्बा,सञ्जल खतिवडा, रोमियान लिम्बु, पुष्पा श्रेष्ठ, रवी शाह लगायत फिल्ममा प्रमुख भुमिकामा छन् ।