काठमाडौं । अमेरिका स्थित हामी नेपाली ग्लोबलद्वारा बिश्वमा फैलिएको महामारी कोरोना भाइरस (कोभिड १९) मा सामाजिक कार्यमा उल्लेखनीय काम गरे बापत गीतकार हरि बिष्ट ‘कोभिड–१९ हिरो अवार्ड’ द्वारा सम्मानित भएका छन् ।

विश्व नै कोरोना (कोभिड १९) को महामारीबाट गुज्रिरहेको अवस्थामा देशमा पनि लकडाउन जारी नै छ ।लकडाउनका कारण अति बिपन्न नागरिक, अपाङ्गता भएका व्यक्ति र बाहिरी जिल्लाबाट अध्ययनका लागि आएका विद्यार्थीहरु सबैभन्दा धेरै संकटमा छन ।

Nepal Telecome

सामाजिक सञ्जाल मार्फत खाद्यान्न आवश्यक परेका व्यक्तिहरुलाई सम्पर्क गर्नका लागि बिष्टले आग्रह गरेका थिए । फोनमा आएको म्यासेजका आधारमा आवश्यक सहयोग गर्दै आएका समाजसेवी बिष्टले पछिल्लो दुई महिनाको अवधिमा एक सय ५० बढी परिवारलाई व्यक्तिगत रुपमा खाद्यान्न सहयोग गरेका छन् । २१ परिवारलाई ग्यास (सिलिण्डर) दिएका छन्।

‘दिनरात नभनी जनताको सेवामा खटिरहेका सुरक्षाकर्मीहरुलाई पनि सहयोग गरेको छु ।’ समाजसेवी बिष्टले भने– ‘कोभिड–१९ हिरो अवार्डद्वारा सम्मानित हुन पाउँदा अझै उर्जा थपिएको छ। आगामी दिन म पनि सहयोगलाई निरन्तरता दिनेछु।’

विष्टले भारत र नेपालकै विभिन्न ठाउँबाट आइरहेका नागरिकहरुलाई पनि खाजा–खानाको व्यवस्था गर्दै आइरहेका छन्।

‘४०–५० जनाको भाडा ब्यब्स्थापन गरेको छु । नगद पैसा पनि सहयोग गरें’ विष्टले भने । ‘धन्यवाद, सहित मेरा सम्पूर्ण शुभचिन्तक साथीहरूलाई मैले पाएको यो अवार्ड भोको पेट र निमुखा दुःखी गरिबहरूको आशिर्वादको श्रेय ठानेको छु’, तरुण दल सुर्खेतका अध्यक्षसमेत रहेका विष्टले भने अझै सेवा गर्ने मौका मिल्दै जाओस् ।
गीतकार विष्टका सयभन्दा बढी गीतहरु बजारमा आइसकेका छन् । म्यूजिक भिडियो निर्देशन, संगीत सिर्जनासमेत गर्दै आएका विष्ट खेलाडीसमेत हुन् भने सुर्खेत उद्योग वाणिज्य संघसँग आबद्ध छन् ।

हामी नेपाली ग्लोबलले प्रत्येक दुई बर्षमा अवार्ड को आयोजना गर्ने गर्दछ । बिश्वभर माहामारी चलिरहेको बेलामा समाजमा उल्लेखनीय काम गर्ने ब्यक्तीहरुलाई यो संस्थाले सम्मान गर्दै आएको छ ।