काठमाडौं । पछिल्लो समय लोकदोहोरी संगीतमा फ्युजन शैली र डान्सिङ बिटलाई प्राथमिकता दिँदै नयाँ–नयाँ सिर्जनाहरू सार्वजनिक भइरहेका छन्। यही क्रममा संगीतकार नवीन परियारको संगीत रहेको नयाँ लोकदोहोरी गीत ‘त्यो केटी मिलाइदेउन है’ सार्वजनिक भएको छ।

गीतमा विवेक खत्री र शान्तारानी परियारको स्वर रहेको छ भने गीतका शब्द नेत्र अर्यालले सिर्जना गरेका हुन् । गीतको संगीत संयोजन तथा मिक्सिङ एचबीएन किस्मतले गरेका छन् भने रेकर्डिङ राज खड्काले गरेका हुन्।

Nepal Telecome

गीतको म्युजिक भिडियोमा सुरेश कोल्ही, जुना विश्वकर्मा र जयन्ती अर्यालको अभिनय रहेको छ। भिडियोको निर्देशन मौसम हिमालीले गरेका छन्। राजेश घिमिरेको छायांकन रहेको भिडियो मनोज कार्कीले सम्पादन गरेका छन्।

‘त्यो केटी मिलाइदेउन है’ संगीतकार नवीन परियारको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।