काठमाडौं । सम्पूर्ण संगीतकर्मीहरुको एक मात्र छाता संगठन नेपाल साङ्गीतिक संघले अप्ठ्यारोमा परेका कलाकारलाई राहत प्रदान गरेको छ । करिब ३ महिनाको लकडाउनले नियमित काममा गर्न नपाएका र बेखर्ची भएका नेपाली साङ्गीतिक क्षेत्रमा सेवारत गीतकार, सङ्गीतकार, गायकगायिका, एरेन्जर, रेकर्डिष्ट, वाद्यबादक, नृत्यकार आदि कलाकारहरुलाई राहत प्रदान गरेका हुन् ।

संघले ६० घर परिवारलाई जेष्ठ २, २६ र २७ गते ३ दिन राहत वितरण गरेका हुन् । कलाकारहरुको अभिभावकको रुपमा रहेको सेञ्चुरी बैंकबाट प्राप्त राहत ९मायाको पोको० मा चामल, नुन, तेल, मसला, दाल, गेडागुडी, चिउरा, चिनी गरि एक परिवारलाई कम्तिमा १५ दिनलाईं पुग्ने गरि खाद्य सामग्री उपलब्ध गरिएको थियो ।

गीतकार संघ नेपाल, संगीतकार संघ नेपाल, नेपाल चलचित्र नृत्य संघ र केही बरिष्ठ कलाकारहरुको सिफारिसमा प्राप्त नामावलीको आधारमा काठमाडांैको विभिन्न स्थानहरु फर्पिङ दक्षिणकाली, मच्छेनारायण कुण्ड, किर्तिपुर, कुलेश्वर हाईट, कलकीं, ताहचल, स्वयम्भू, सानो भर्याङ, बानियाँटार, चपली हाईट, लाजीम्पाट, बबरमहल, थापागाउँ, नयाँ बानेश्वर, पुलचोक, मैतिदेवी, डिल्बिजार, मुलपानी, गौशाला, सामाखुसी, बागबजार, पुतलीसडक, बालुवाटारको घरघरमा पुगी राहत प्रदान गरेका संघका अध्यक्ष मिलन मोक्तानले जानकारी दिए ।

Nepal Telecome

नेपाल साङगीतिक संघका सक्रिय पदाधिकारीहरु, वरिष्ठ उपाध्यक्ष खर्क बुढा मगर, कोषाध्यक्ष बिमल श्रेष्ठ, कार्यकारी सदस्य द्धय डा। गौरी शंकर मानन्धर लगायतले ३ दिन राहत प्रदान गरेको संघका सदस्य आशा गौतमले बताइन् । उनले भनिन्, ‘संघका वरिष्ठ सल्लाहकार शम्भुजित बास्कोटाको घर र साधना कला केन्द्रमा राहत संकलन गरिएको थियो भने राहत प्रायोजन सेञ्चुरी कमर्शियल बैंक पुतलीसडकद्धारा गरिएको थियो ।’

यो महामारीले उब्जाएको संकटको बेला बेखर्ची भएका बसेकाहरुलाई राहत बाँड्दा उनीहरु खुशी भएको कोषाध्यक्ष बिमल श्रेष्ठले बताए ।
यसैगरी अन्य दाताहरुसँग पनि राहतका लागि पहल गरिरहेको र प्राप्त भएमा पुनः राहत वितरण गर्ने अध्यक्ष मोक्तानले बताए ।