News Of Global मंगलबार, आषाढ ०२, २०७७

काठमाडौं । सोलुखुम्बुको खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको निधन भएको छ ।
क्यान्सर रोगका कारण मंगलबार बिहान ३९ वर्षको उमेरमा उनको निधन भएको हो । आन्द्राको क्यान्सरबाट पीडित उनको काठमाडौंस्थित ह्याम्स र निदान अस्पतालमा उपचार गरिएको थियो । तर, पछिल्लो समय अवस्था सुधारोन्मुख नभएपछि चिकित्सकको सल्लाहमा गाउँ नै फर्काइएको थियो ।

उपचारका लागि भर्ना भएपछि एक महिनाअघि शेर्पाले आफ्नो जिम्मेवारी गाउँपालिका उपाध्यक्ष टसील्हामु शेर्पालाई सुम्पिएका थिए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]