नारायणगढ । चितवनको मुटुमा विश्वस्तरीय आतिथ्य सेवा प्रदान गर्ने र होटलको वृद्धिको प्रतिबद्धतालाई थप मजबुत बनाउँदै, होटल सिराइचुली नारायणगढले आधिकारिक रूपमा बेस्ट वेष्टर्न होटल्स नेपालसँग होटल व्यवस्थापन सम्झौतामा हस्ताक्षर गरेको छ।
यस सम्झौता अन्तर्गत, होटल सिराइचुली नारायणगढ अब अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त ‘बेस्ट वेष्टर्न’ ब्रान्ड अन्तर्गत व्यवस्थित हुनेछ। यसले होटलमा विश्वव्यापी आतिथ्य मापदण्ड, उन्नत परिचालन विशेषज्ञता, र अन्तर्राष्ट्रिय बजारमा पहुँच पु¥याउनेछ।

साझेदारीले होटल सिराइचुलीको आतिथ्यता र बेस्ट वेष्टर्नको ग्लोबल सिस्टम, लोयल्टी प्रोग्राम र सेवा मापदण्डहरूलाई संयोजन गरी पाहुनाहरूको अनुभवलाई अझ उत्कृष्ट बनाउने लक्ष्य राखेको छ। अब पाहुनाहरुले सुधारिएको सुविधाहरू, स्तरीकृत सेवा गुणस्तर, र बेस्ट वेष्टर्नको विश्वव्यापी रिजर्भेसन नेटवर्कमा पहुँचको लाभ उठाउन पाउनेछन्।
सो अवसरमा दुवै संस्थाका प्रतिनिधिहरूले सहकार्यप्रति उत्साह व्यक्त गर्दै यसले नारायणगढ र समग्र चितवन क्षेत्रको पर्यटन तथा आतिथ्य क्षेत्रलाई सुदृढ बनाउने विश्वास व्यक्त गरे।

‘साझेदारी होटल सिराइचुलीका लागि एउटा नयाँ र उत्साहजनक अध्याय हो। बेस्ट वेष्टर्नसँगको आबद्धताले हामीलाई नेपालको मौलिक न्यानोपन र संस्कृतिलाई जोगाउँदै विश्वव्यापी आतिथ्य मापदण्डहरू भित्र्याउन अनुमति दिन्छ,’ होटल सिराइचुलीका प्रतिनिधिले भने।
बेस्ट वेष्टर्न होटल्स नेपालका सीओओ अन्जन बगालले थप भने,‘हामी होटल सिराइचुली नारायणगढलाई हाम्रो सञ्जालमा स्वागत गर्न पाउँदा निकै खुसी छौं। होटलको प्रमुख स्थान, गुणस्तरीय सुविधाहरू र सेवा प्रतिको प्रतिबद्धताले नेपालको बेस्ट वेष्टर्न परिवारमा एक उत्कृष्ट थप बनाएको छ।’

Nepal Telecome

नारायणगढ चितवनको मुख्य प्रवेशद्वार र व्यापारिक तथा पर्यटकीय यात्रीहरूका लागि (चितवन राष्ट्रिय निकुञ्ज जाने पाहुनाहरू समेत) एक रणनीतिक गन्तव्य हो।
होटल सिराइचुली नारायणगढ, चितवनको व्यावसायिक केन्द्रमा अवस्थित एक प्रिमियम आतिथ्य गन्तव्य हो। आधुनिक सुविधाहरू, आरामदायी बसाई र असाधारण सेवाका लागि परिचित यस होटलले व्यापारिक र पर्यटकीय दुवै प्रकारका पाहुनाहरूलाई सेवा प्रदान गर्दछ।
यता, बेस्ट वेष्टर्न होटल्स एण्ड रिसोट्र्स विश्वको सबैभन्दा ठूला होटल ब्रान्डहरू मध्ये एक हो । जसको १०० भन्दा बढी देश र क्षेत्रहरूमा होटलहरू रहेका छन्।