काठमाडौं । १३ औं म्युजिक खबर म्युजिक अवार्ड २०८२ को लागि गीत सहभागी गराउन आवेदन खुला गरिएको छ । म्युजिक खबरको प्रस्तुति एवम् शुभकामना मिडिया सोलुशनको आयोजनामा हुन गइरहेको १३औं म्युजिक खबर म्युजिक अवार्ड २०८२ को आवेदन फाराम खुला गरिएको हो । विगत १३ वर्षदेखि निरन्तर हुँदै आइरहेको यस अवार्डमा आफ्ना सिर्जनाहरुलाई सहभागी गराउन एभेन्टोज नेपालको यस https://service.aventoz.com/formBooking/694bb776547fa1766569846
लिंकमा क्लिक गरेर गीत सहभागी गराउन सक्नुहुनेछ भने सिधै म्युजिक खबरको कार्यालयमा उपस्थित भएर पनि सहभागी गराउन सक्नुहुनेछ ।
१३ औं म्यूजिक खबर म्यूजिक अवार्डमा गीतसंगीतका विभिन्न ३६ विधा सहभागी गराउँदै आइएको छ । मुलुकको प्रतिष्ठित र प्रतिक्षित अवार्ड म्यूजिक खबर म्यूजिक अवार्डमा राष्ट्रिय भाव, पप, चलचित्र, लोकदोहोरी, आधुनिक विधाका विभिन्न स्रष्टा, सिर्जना, प्राविधिक र कलाकारहरुलाई आयोजक संस्थाले अवार्ड प्रदान गर्दै आइरहेको छ । अवार्डमा २०८१ बैशाखदेखि २०८२ असार मसान्तसम्म बजारमा आएका गीतसंगीतलाई समावेश गरिनेछ ।
अंग्रेजी वर्ष २०१२, बाट सुरु भएको यो अवार्डले निरन्तर रुपमा २०२६ सम्म आइपुग्दा ६ भन्दा बढी कलाकारलाई अवार्ड, सम्मान तथा पुरस्कार प्रदान गर्दै आइरहेको छ । संगीत क्षेत्रका व्यक्तित्वहरुलाई सम्मान गर्न पाउनु हाम्रो लागि गर्वको कुरा हो । नेपाली गीत संगीतलाई आत्मसात गर्दै कलाको यस माध्यमबाट राम्रोभन्दा राम्रो गीत संगीतको सिर्जनामा बृद्धि होस्, नेपाली मौलिक गीतसंगीतले प्रश्रय पाओस् र हाम्रो प्रयासबाट गीतसंगीतको क्षेत्रमा अघि बढेका सिर्जनशील व्यक्तित्वहरुलाई अझ प्रोत्साहन पुगोस् र गीतसंगीतको विकासमा योगदान पुगोस् भन्ने हेतुले आयोजना गर्न लागिएको आयोजक संस्थाका अध्यक्ष सुमन बैरागीले जानकारी दिए ।