" /> कांग्रेसका २२ आमन्त्रित केन्द्रीय सदस्यले दिए सामूहिक राजिनामा – News of Global

News of Global शनिबार, साउन ३०, २०७८

काठमाडौं । नेपाली कांग्रेसका २२ जना आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक राजीनामाको घोषणा गरेका छन् । शुक्रबार केन्द्रीय समिति बैठकमा आमन्त्रित केन्द्रीय सदस्यहरुले सामूहिक रुपमा राजीनामाको घोषणा गरेका हुन् ।

पार्टीका पदाधिकारी र केन्द्रीय सदस्य स्वतस् महाधिवेशन प्रतिनिधिका रूपमा आउने प्रावधान आमन्त्रित केन्द्रीय सदस्यको हकमा पनि लागू हुनुपर्ने उनीहरुले माग छ ।

‘पार्टीको विधानमा हामीलाई क्षेत्रीय प्रतिनिधि सरह पनि अधिकार दिइएन । त्यही कारण हामीले राजीनामा गरेका हौं,’ आमन्त्रित केन्द्रीय किरण पौडेलले अनलाइनखबरसँग भने ।

उनले अघि भनेका छन् ‘केन्द्रीय समितिका पदाधिकारी, सदस्यहरू,महाधिवेशन प्रतिनिधि,जिल्ला सभापति, क्षेत्रीय सभापति, प्रदेश सभापति, गाउँ-नगररपालिका सभापति, वडा सभापति समेत सबै तहका समितिहरूका पदाधिकारी, सदस्यहरूलाई आ–आफ्नो तहमा उम्मेदवार हुन एक अवधिको लागि स्वतस् प्रतिनिधि बन्न पाउने व्यवस्था गरियोस् भन्ने हाम्रो माग छ ।’

को(को हुन् सामूहिक राजीनामा दिएका आमन्त्रित केन्द्रीय सदस्य

१. नन्दनकुमार दत्त ९सुनसरी०
२. कुमार खड्का ९कास्की०
३. बालकृष्ण पाण्डेय ९नेजस भारत०
४. आनन्द ९गोरख० विष्ट ९नेजस अमेरिका०
५. नरेन्द्रकुमार चौधरी ९सुनसरी०
६. हसन अन्सारी ९मोरङ०
७. किरणराज शर्मा पौडेल ९बाग्लुङ०
८. रमा कोइराला पौडेल ९सुनसरी०
९. कृष्णकिशोर घिमिरे ९दाङ०
१०. गोपालकुमार बस्नेत ९झापा०
११. सुधीरकुमार शिवाकोटी ९झापा०
१२. मनोहरनारायण श्रेष्ठ ९धनकुटा०
१३. ध्रुव वाग्ले ९तनहुँ०
१४. मोहनसिंह राठौर ९कैलाली०
१५. शम्भुलाल श्रेष्ठ ९सर्लाही०
१६.अभिषेक प्रताप शाह ९कपिलवस्तु०
१७. दयाराम पाण्डे ९लम्जुङ०
१८. जनकराज कलौनी ९डडेल्धुरा०
१९. भूमिबहादुर ९विश्व० गुरुङ ९स्याङ्जा०
२०. दिलीप राई
२१.आशाराम चौधरी
२२. राजेन्द्रबहादुर सिंह

देउवा सकारात्मक, पौडेलको असहमति

आमन्त्रित केन्द्रीय सदस्यहरुको मागप्रति सभापति शेरबहादुर देउवा सकारात्मक देखिएका छन्, तर कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले असहमति जनाएका छन् ।

देउवाले माग सम्बोधनका लागि आफू सकारात्मक रहेको भन्दै राजीनामा फिर्ता गर्न आग्रह गरेका छन् । उनले पार्टीमा कसैलाई अन्याय हुन नदिने बताएका छन् ।

वरिष्ठ नेता पौडेलले भने विधानमै वडाबाट चयन हुनुपर्ने व्यवस्था भएकाले स्वतस् प्रतिनिधि बन्‍न पाउनुपर्ने माग जायज नभएको बताए।‘तपाईहरु राजीनामा फिर्ता लिनूस्, स्वतस् प्रतिनिधि बन्न पाउनुपर्ने व्यवस्था विधानमै छैन,’ उनले भने, ‘म पनि वडाबाटै निर्वाचित भएर आउने हो ।’

केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्य पनि स्वतस् महाधिवेशन आउने प्रावधान राख्न नहुने पक्षमा भएको भन्दै उनले बरू विधान संशोधनको प्रस्ताव ल्याउन सुझाएका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]