काठमाडौं । एएनपी. मिडिया हाउसद्वारा आयोजित बालबालिको डान्स रियालीटी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन २ भव्यताका साथ सम्पन्न भएको छ ।
बालबालिको नेपालकै सबभन्दा ठ्लो डान्स रियाल्टी शो नेशन्स गट ट्यालेन्ट (राष्ट्रको प्रतिभा) सिजन २ मा डोटीकी उदिप्ती रावल विजयी भएकी छन् । उनले विजेता भएवापत नगद १ लाख रुपियाँ प्राप्त गरेकी छन् । ख्यातिप्राप्त हास्यव्यग्यकार, अभिनेता, गायक, संगीतकार तथा गीतकार मदनकृष्ण श्रेष्ठ र नृत्य निर्देशक वसन्त श्रेष्ठको प्रमूख आतिथ्यता एवं नृत्य निर्देशक कमल राई र नृत्य निर्देशक, फिल्म सप्पादक तथा निर्देशक राजु शाहको विशिष्ट आतिथ्यतामा सम्पन्न ग्रयाण्ड फिनालेमा म्याग्दीकी सुप्रिया थापा फष्ट रनर्सअप भईन् । उनले नगद ६० हजार रुपियाँ पुरस्कार पाएकी छन् । त्यसै गरी सोलुखुम्बुकी पाशाङ ल्हामु शेर्पा सेकेण्ड रनर्सअप भएकी छन् । उनले नगद ४० हजार रुपियाँ पुरस्कार प्राप्त गरेकी छन् ।

किड्स रियालीटी शोमा कालिकोटकी स्प्रीका शाही थर्ड, भक्तपुरकी जलादि खड्का फोर्थ र महोत्तरीकी श्रृयाना घिशिङ फीप्थ रनर्सअपः भए । उनीहरुलाई जनही १० हजार रुपियाँ पुरस्कार प्रदान गरिएको छ । प्रतियोगितका सबै विजेतालाई भोटिङ पार्टनर एभेनतोज कम्पनीले १० हजार रुपियाँको शैक्षिक पुरस्कारसमेत प्रदान गरेको छ ।
प्रत्येक आइतबार साँझ ६ बजे स्पेश फोके टेलिभिजन र साँझ ७ बजे ओएसआर.रियाल्टी युट्युब च्यानलबाट प्रशारण हुँदै आएको रियालीटी शो गत २०८२ बैशाखदेखि शुरु भएको थियो । भाद्रसम्म स्थानियस्तरको अडिशनमा १८ सयजना बाल–बालिकाले भाग लिएको प्रतियोगिताको मेघा अडिशनमा १ सय ८० जना छनौट गरिएको र त्यसपछि क्रमशः टप ८० तथा टप ४० हँुदै ग्रयाण्ड प्रिमियरमा २३ जना छनौट भएको एएनपी मिडिया हाउसका प्रवन्ध निर्देशक तथा कार्यक्रमका निर्देशक एवं परिकल्पनाकार लबबहादुर कार्कीले जानकारी गराए । कार्कीका अनुसार क्रमशः छनौट हुदै टप फाइनल ६ जनाबीच ग्रयाण्ड फिनाले भएको थियो ।

लोमशबहादुर काकी र लबिस कुमार कार्कीको इभेन्ट म्यानेजमेन्ट, शम्भु प्रसाद रेग्मीको संयोजन र प्रनीमा दाहालको कार्यक्रम सञ्चालनमा सम्पन्न कार्यक्रममा ख्यातिप्राप्त अभिनेत्री मिथिला शर्माका साथमा अभिनेत्री तथा निर्मात्री नीता ढुंगाना र छमछमी नृत्य प्रतियोगिताका विजेता सरोज प्रजा निर्णायक रहेका थिए । त्यसै गरी भोटिङ राउण्डमा अभिनेता मदनकृष्ण श्रेष्ठ, अभिनेत्री तथा निर्देशक दीपाश्री निरौला, नृत्य निर्देशकहरु बसन्त श्रेष्ठ, कमल राई, राजु शाह र कबिराज घहतराज अतिथी निर्णायक रहेका थिए । कार्यक्रमको मुख्य प्रयाजोक वल्र्ड लिंक तथा प्रायोजकहरु नेपाल एयरलायन्स, ल्याबरोटरी स्कुल, मदरल्याण्ड सेकेण्डरी स्कुल, रितम्भरा कलेज तथा स्कुल थिए । कार्यक्रममा फेसियल हाउस मेकअप र फेमिली क्लोथ तथा स्ट्यान्डर टेलर्स क्लोथीङ पार्टनर रहेका थिए । एएनपी. मिडिया हाउसकी प्रशासन प्रमुखः अनीता तामाङले आगामी वर्ष २०८३ बैशाखदेखि नृत्यका साथै गायन रियालीटी शो नेसन्स् गट ट्यालेन्टका लागि स्थानिय स्तरबाट अडिशन गरिने जानकारी गराइन् ।

Nepal Telecome