" /> News – Page 43 – News of Global
काठमाडौंको भद्रकालीमा बस पल्टियो

काठमाडौं । रत्नपार्क–भद्रकाली सडकखण्डमा बा३ख ४४३७ नम्बरको एक यात्रुबाहक बस दुर्घटना भएको छ । भद्रकाली नजिकैको आकासे पुलनेर चन्द्रागिरि यातायातको बस बिहीबार बिहान ७ः५५ बजेतिर सडकमै पल्टिएको हो बसमा तीन जना सवार थिए । तर दुर्घटनामा चालक र एक जना बच्चा गरी दुई जना मात्रै घाइते भएका छन् । घाइते दुवैको ट्रमा सेन्टरमा उपचार भइरहेको […]

५ महिनाभित्र १०१ जना विदेशीलाई देश निकाला

काठमाडौं । सरकारले चाल आर्थिक वर्षको पहिलो ५ महिनामा १ सय भन्दा बढी विदेशी नागरिकलाई देश निकाला गरिदिएको छ । गैरकानूनी रुपमा नेपाल बसिरहेका तथा विभिन्न कसुरमा सहभागी भएका विदेशीलाई देश निकाला गर्ने प्रचलन छ । अध्यागमन विभागका अनुसार चालु आर्थिक वर्षको साउनदेखि मंसिरसम्म १ सय १ जना विदेशीलाई नेपालबाट निकासा गरिएको छ । मंसिर […]

कपाल खौरिएर प्रदर्शन गर्न खोजेपछि प्रहरी धरपकड

काठमाडौं । नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले संसद विघटनविरुद्ध गरेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । विद्यार्थी नेता, कार्यकर्ताले कपाल खौरिएर प्रदर्शन गर्न खोजेपछि प्रहरीले १८ जनालाई पक्राउसमेत गरेको छ । महानगरीय प्रहरी वृत्त, बानेश्वरका डीएसपी दक्षबहादुर बस्नेतका अनुसार विद्यार्थीले सार्वजनिक स्थलमा ब्लेड लिएर हिँडेपछि भिडमा कुनै अप्रिय घटना नहोस् भनेर नियन्त्रणमा लिइएको […]

कलाकार संघको भवन निर्माण मूल समिति गठन

काठमाडौं । नेपाल चलचित्र कलाकार संघ (फान) ले कलंकीको स्यूचाटारमा निर्माण गर्न लागेको आफ्नै भवनका लागि भवन निर्माण मूल समिति गठन गरेको छ । कलाकार संघका अध्यक्ष रविन्द्र खड्काले दिनु भएको जानकारी अनुसार संघको केन्द्रिय कार्यसमितिको बैठकले वर्तमान संरक्षक वरिष्ठ कलाकार हरिबंश आचार्यको संयोजकत्वमा भवन निर्माण मूल समिति गठन गरिएको हो । वर्तमान केन्द्रिय अध्यक्ष […]

शिवालय माविको ६० औँ वार्षिकोत्सव सम्पन्न, ५ जनालाई शिवालय वर्ष सम्मान

पोखरा । कास्कीको रुपा गाउँपालिका–२, थुम्कीस्थित शिवालय माध्यमिक विद्यालयको ६० औँ वार्षिकोत्सव तथा अभिभावक दिवस मङ्गलबार सम्पन्न भएको छ । सो अवसरमा विद्यालयको विकासमा सहयोग गर्ने ५ जनालाई शिवालय वर्ष सम्मान २०७७ प्रदान गरिएको थियो । सम्मानित हुनेहरुमा शिक्षक धनबहादुर गुरुङ, पूर्व अध्यक्षद्वय तिलबहादुर थापा र हिराप्रसाद सुवेदी, शिक्षक–अभिभावक सङ्घकी पूर्व अध्यक्ष लीला ओझा र […]

सरकारको विरोधमा लालटिन बालेर विद्यार्थीको प्रदर्शन

काठमाडौं । प्रचण्ड–नेपाल पक्षको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विद्यार्थी संगठन अनेरास्ववियूले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधि सभा भंग गरेको विरोधमा आज लालटिन बालेर प्रदर्शन गरेका छन्। रञ्जित तामाङ नेतृत्वमा रहेका अनेरास्ववियूले बुधबार माइतीघर मण्डलदेखि नयाँ बानेश्वरसम्म दिउँसै लालटिन बालेर प्रदर्शन गरेका छन्। प्रधानमन्त्री ओलीले पुस ५ गते प्रतिनिधि सभा भंग गरेका थिए। उक्त कदमको […]

आधिकारिकताबारे निर्वाचन आयोगले दाबी प्रस्तुत गर्न भनेकोमा प्रचण्ड-नेपालको असहमति

काठमाडौं । प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले आफूहरूको आधिकारिकताबारे निर्वाचन आयोगले दाबी प्रस्तुत गर्न भनेकोमा असहमति जनाएको छ। प्रचण्ड-नेपाल नेतृत्वको नेकपाले मंगलबार आयोगलाई पत्र लेख्दै यसबारे दाबी प्रस्तुत गर्न नपर्ने जवाफसमेत पठाएको छ। कानुन व्यवसायीसमेत रहेका सांसद कृष्णभक्त पोखरेलले आफूहरू मूलधार भएकाले आयोगको चिठी औचित्यहीन रहेको बताए। ‘हामीले उजुरी गर्ने होइन। किनकी मूलधार हामी हौं। एकता गर्दाको […]

प्रचण्डपत्नी सीता दाहाललाई थप उपचार गर्न मुम्बई लगियो

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पत्नी सीता दाहाललाई थप उपचार गर्न आज भारतको मुम्बई लगिएको छ । उहाँलाई नेपाल एयरलाइन्सको बिहान ११ बजेको उडानबाट दाहाललाई मुम्बई लगिएको हो । सीतासँगै अध्यक्ष प्रचण्ड र छोरी गंगा दाहाल पनि मुम्बई गएका छन् । अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार सीताको उपचार न्युरोजेन ब्रेन एण्ड […]

मुख्यमन्त्रीद्वारा १५ सांसदलाई निलम्बन, दुई समूहबीच कारवाहीको घोषणा

विराटनगर । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा आएको फुटसँगै प्रदेश १ मा दुई समूहले एकअर्कालाई कारबाही गरेको घोषणा गरेका छन् । बिहीबार प्रचण्ड–माधव समूहले मुख्यमन्त्री शेरधन राईलाई संसदीय दलको नेताबाट हटाउने निर्णय गरेको छ । र, भीम आचार्यलाई दलको नेता चयन गरेको छ । त्यसको प्रतिउत्तरमा ओली समूहमा रहेका मुख्यमन्त्री राईले आर्चायसहित १५ प्रदेशसभा सदस्यदलाई […]

निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर होः वरिष्ठ उपाध्यक्ष ढकाल

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्र सरकारको बिना लगानीको पार्टनर भएको बताएका छन् । पर्यटकीय नगरी पोखराको सराङ्गकोटमा सोमबारदेखि सुरुभएको आइएमई लिटरेचर फेस्टिभलमा कोरोनाकालीन उद्योग वाणिज्य विषयक अन्तक्र्रिया कार्यक्रममा बोल्दै वरिष्ठ उपाध्यक्ष ढकालले जबसम्म सरकारले निजी क्षेत्रलाई आफ्नो व्यवसायिक पार्टनरको रुपमा हेर्दैन तबसम्म मुलुकमा व्यावसायिक वातावरण बन्न नसक्ने बताएका […]

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]