काठमाडौं । गायिका गीता भट्टराई र संगीतकार विपिन आचार्य बीच यतिखेर एउटा गीतको विषयमा सामाजिक सञ्जालमा विवाद सुरु भएको छ । गायिका गीता भट्टराईको पछिल्लो गीत ‘घुम्न जाउँ मायालु’ सार्वजनिक सँगै दुईजनाबीच सामाजिक सञ्जालमा विवाद सिर्जना भएको छ । गायिका भट्टराईसँग सहकार्य गर्दै गरेको समयमा संगीतकार विपिन आचार्यको शब्द तथा संगीत संयोजन चोरी भएको भनी आचार्यले सामाजिक सञ्जालमा पोष्ट गरेका छन् ।

संगीतकार विपिन आचार्यले लेखेको छन्ः ‘गीता भट्टराई नामकी गायिकाले मैले एरेन्ज गरेको अनि मैलेनै शब्द संकलन गरेको गीतलाई आफ्नो दम्भको कारण एरेन्जमा मनोज परियार र शब्दमा आफ्नै नाम राख्नु भएको रहेछ, म अरु प्रतिकृया त केहि दिन्न,तर प्रमाण म सँग सबै छ,गीत लेख्दा देखिको, मैले एरेन्ज गरेका फाइल र मेल गरेको ब्याकप अँझै सुरक्षित छ, अर्काको सिर्जनामा मनोमानी गर्ने मान्छेलाई के भन्नु र ?’ फेसबुकमा स्टाटस आएपछि संगीत क्षेत्रमा देखिएको विवादमा वास्तविक सर्जक को हो त ? यस विषयमा आचार्यसँग बुझ्दा आफ्नो सिर्जनाको प्रतिलिपि अधिकार हनन् भएको भन्दै उजुरीको तयारी गरिरहेको बताएका छन् । तर गायिका भट्टराईले भने गल्ती स्वीकार गरी भिडियोको डिस्क्रिप्सन सम्पादन गरेकी छन् ।

आचार्यले आफ्नो शब्द र संगीत संयोजनलाई काम सकेपछि अर्कैको नाममा आएको देखेपछि अधिकारका लागि लेखेको बताए । उनी कानूनी उपचार खोज्न हिंडेको बताएका छन् । तर यो कुरा सामाजिक सञ्जालमा आएपछि गायिका गीता भट्टराई र गायक नवीन पौडेलको स्वरमा रहेको गीत ‘घुम्न जाउँ मायालु’ गीतको भिडियोमा गीता भट्टराईको नाम नै लेखिएको छ भने भिडियोको डिस्क्रिप्सनमा विपिन आचार्य भनेर सुधारिएको छ । त्यस्तै एरेन्जमा भिडियोमा मनोज परियारको नाम नै उल्लेख छ भने डिस्क्रिप्सनमा विपिन आचार्य भनेर सुधार गरिएको छ । मार्च १२ तारिखमा गायिका गीता भट्टराईको नामको युट्युब च्यानलबाट सार्वजनिक भएको गीतको भिडियोमा सार्वजनिकसँगै विवाद सिर्जना भएपछि डिस्क्रिप्सनमा सुधार गरिए पनि भिडियो भित्र भने सम्पादन नभएको कारण वास्तविक चोरी भएकै रहेछ भन्ने बुझिन्छ ।

Nepal Telecome