" /> मिथिला र विदुर गिरीलाई हरितारा पुरस्कार, खनाललाई चेतन कार्की स्मृति पुरस्कार – News Of Global

News Of Global बुधबार, जेठ १८, २०७९

काठमाडौं । अभिनेत्री मिथिला शर्मा र संचारकर्मी विदुर गिरीलाई जनही २५ हजार रुपैयाको थैली सहित हरितारा चलचित्र पुरस्कार प्रदान गरिएको छ । हरितारा चलचित्र पुरस्कारको संरक्षक सदस्य मालिका राणाको सभापतित्वमा सम्पन्न उक्त समारोहमा नेपाली चलचित्रकी प्रथम अभिनेत्री भुवन चन्द, अभिनेत्री करिष्मा मानन्धर, अभिनेत्री निर्देशक दीपाश्री निरौला, अभिनेत्री रेजिना उप्रेती, सम्पादक÷निर्देशक रक्षा राणा, संचारकर्मी तथा निर्देशक सम्झना उप्रेती रौनियार, स्व.चेतनकार्कीकी धर्मपत्नी गंगा कार्की तथा समाजसेवी सावित्री कोइराला एवं लखक तथा निर्देशक मोहन निरौलाले संयुक्त रुपमा पुरस्कार अर्पण गरेका थिए ।
वि.सं. २०५२ सालमा स्थापना गरिएको हरितारा चलचित्र पुरस्कार नेपालको पहिलो चलचित्र पुरस्कार मानिन्छ । स्व.विजय राणाले स्थापना गर्नुभएको उक्त पुरस्कारको संरक्षक र अध्यक्षमनोज शम्सेर ज.ब.रा. र सदस्य सचिवमा चलचित्रकर्मी मोहन निरौला रहेका छन् ।
समारोहमा दुर्गादेवीपुण्य निरौला स्मृति पुरस्कार चलचित्रकर्मी मनोज के.सी. र अभिनेता विनोद श्रेष्ठलाई जनही १० हजार थैली सहितको लिखतपत्र र चेतनकार्की स्मृति पुरस्कार अभिनेता निर्देशक देशभक्त खनाललाई ११ हजार १ सय ११ रुपैयाँ सहितको लिखत–पत्र समर्पण गरिएको थियो ।
सोही समारोहमा नेपाल चलचित्र पत्रकार संघका वर्तमान अध्यक्ष दिनेश सिटौलालाई परिवर्तन नेपाल पत्रकारिता विशेष सम्मान समर्पण गरिएको थियो ।
चलचित्र क्षेत्रमा विशेष योगदान पु¥याउनु हुने चलचित्रकर्मी निर्देशक मदन घिमिरे, निर्देशक ज्ञानेन्द्र देउजा, लेखक मौनता श्रेष्ठ, अभिनेता राजकुमार शाह, अभिनेता श्रीदेव भट्टराईलाई परिवर्तन नेपालविशेष सम्मान अर्पण गरिएको थियो ।
समारोहमा अभिनेत्री शारदा गिरी, निर्देशक जनकराज खकुरेल, निर्देशक देवेन्द्र पाण्डे, मोडल÷अभिनेत्री दीपाशा व.सी., खेलाडी÷कलाकार नन्दा बस्याल, रंगकर्मी मञ्जु निरौला, रेणु पौडेल, रजनी अर्याललाई परिवर्तन सम्मान अर्पण गरिएको थियो । उपरोक्त पुरस्कार र सम्मानको सिफारिस मोहन निरौला, सुन्दर श्रेष्ठ र शान्तिप्रिय सम्मिलित समितिले गरेको थियो ।
Haritara Film Prize
गायक/संगीतकार तथा संचारकर्मी सरोज कोइरालाले संचालन गरेका थिए । समारोहमा परिवर्तन नेपालका अध्यक्ष मोहन निरौलाले स्वागत मन्तव्य ब्यक्त गर्दै परिवर्तन नेपालले आफ्नो स्थापनाकाल २०५३ देखि नै चलचित्रकर्मीहरुलाई पुरस्कार तथा सम्मान अर्पण गर्दै आइरहेको बताउनु भयो भने परिवर्तन नेपालले अर्पण गर्ने पुरस्कारका लागि आफ्नी धर्मपत्नी श्रीमती कविता निरौलाले दशलाखको अक्षय कोष स्थापना गरिदिनुभएको बताए ।
समारोहमा पुरस्कृत व्यक्तित्व अभिनेत्री मिथिला शर्माले विशिष्ट संस्कृतिविद तथा चलचित्रकर्मी चेतन कार्कीको योगदानलाई राष्ट्रले सम्झनु पर्नेमा परिवर्तन नेपालले सम्मान स्वरुप पुरस्कार स्थापना गरेकोमा परिवर्तन नेपाललाई धन्यवाद दिएकी थिइन् । यसैगरी अभिनेत्री करिष्मा मानन्धरले नेपालमा चलचित्र सम्बन्धी पहिलो पुरस्कार हरितारा पुरस्कार भएको चर्चा गर्दै चलचित्रकर्मीलाई प्रोत्साहन गर्न परिवर्तन नेपालले पुरस्कार अर्पण गर्दै आएकोमा चलचित्रकर्मीको तर्फबाट धन्यवाद दिएकी थिइन् ।
अभिनेत्री रेखा थापाले चलचित्रकर्मीहरुको उत्थानका लागि यस प्रकारका पुरस्कारले प्रोत्साहन मिल्ने चर्चा गर्दै प्रत्येक चलचित्रकर्मीहरु देश समाज परिवर्तन गर्ने नायक भएको महसुस गर्नु पर्ने धारणा व्यक्त गर्नु भएको थियो ।
समारोहमा कलाकार÷निर्देशक दीपाश्री निरौला, कलाकार संघका अध्यक्ष रविन्द्र खड्का, निर्माता संघका अध्यक्ष आकाश अधिकारी, चलचित्रकर्मी मदनदास श्रेष्ठ, देशभक्त खनाल र मनोज के.सी.ले मन्तव्य राखेका थिए ।
समारोहको व्यवस्थापनमा निर्देशक माधवराज खरेलको संयोजकत्वमा निर्देशक विश्वदीप घिमिरे, कलाकार प्रल्हाद खरेल र संचारकर्मी राममणि ढकाल सदस्य रहेको समितिले गरेको थियो । समारोहमा चलचित्रकर्मी र संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]