काठमाडौं । हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल) २०२६ मा टाईम्स ईन्टरनेसनल क्लबले तेस्रो जित हात पारेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशाला कभर्डहलमा मंगलबार भएको खेलमा टाईम्सले सोलो बास्केटबल क्लबलाई ८८-७५ ले पराजित गरेको हो ।
टाईम्सले पहिलो क्वाटरमा २३-१२ र दोस्रो क्वाटरमा २४-१६ को अग्रतासहित हाफ टाइमसम्म ४-२८ को अग्रता बनाएको थियो ।
त्यसपछि सोलोले पुनरागमन गर्ने प्रयास गर्पनि सफल भएन । सोलोले तेस्रो क्वाटरमा २३-२० र चौथो क्वाटरमा २४-२१ को अग्रता बनाए पनि हार टार्न पर्याप्त भएन ।
टाइम्सका कप्तान सदिश प्रधानले सर्वाधिक २२ अंक स्कोर गरे । सदिश म्यान अफ दि म्याच घोषित भए ।