काठमाडौं । कोरोनाको संक्रमण बढ्दो अवस्थामा रहेकाले संघले आयोजना गर्न लागेको कलाकार बीचको अन्तरक्रिया र कार्यशाला गोष्ठी निर्धारित समयमा गर्न नसक्ने भन्दै स्थगित गरिएको छ । संघका उपाध्यक्ष एवं प्रवक्ति मोहन निरौलाद्वारा हस्ताक्षरित संघको विज्ञप्तिमा लकडाउन हटेता पनि कोरोनाको संक्रमण झन् बढ्दै गएको हुँदा निर्धारित कार्यक्रमहरु संघले स्थगित गरेको बताइएको छ ।

Nepal Telecome

संघद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ ः ‘लक डाउन हटेता पनि कोभिड १९ (कोरोना) रोग को प्रकोप दिन प्रतिदिन भयाबह बन्दै गैरहेको छ । स्थानिय स्तरमा भएको संक्रमण फैलिएर समुदायलाई नै संक्रमित बनाउने जोखिम बढिरहेको छ । यसो हनुमा हामी आफैै संक्रमणबाट जोगिन अपनाउनु पर्ने उपायलाई गम्भीरतापूर्वक पालना गरिरहेका छैनौै । यस अवस्थामा आफु र अरुलाई पनि संक्रमणवाट वचाउन हाम्रो पहिलो कर्तब्य र दायित्व हुन आउँछ । संक्रमणबाट आफु पनि वच्न र अरुलाई पनि वचाउन हाम्रो दैनिकीमा पनि हामीले संयमित मर्यादित हुनु जरुरी भएको छ । मास्क लगाउने, सेनिटाइजर प्रयोग गर्ने, सावुन पानिले हात धुने, भीड भाड भएको ठाउमा नजाने, भीड भाड नगर्ने अति आवश्यक काम पर्दा मात्र घरवाट वाहिर निस्कने गरेमा कोरोनाको जोखिमवाट बच्न सक्ने सम्भावना भएकाले सम्पूर्ण जनसमुदाय र विशेष गरेर चलचित्रकर्मीहरुलाई सावधानी अपनाइ आफु र अरुको जीवन कोरोनाको संक्रमणवाट सुरक्षित गर्न नेपाल चलचित्र कलाकार संघ हार्दिक अपिल गर्दछ ।’

अहिलेको विषम परिस्थितिमा पनि नेपाल चलचित्र कलाकार संघ आफ्नो नियमित सेवामा कटिवद्व छ । कोरोनाको प्रकोपको संक्रमण कालमा संघले राहतको विभिन्न सेवा प्रदान गर्दै आइरहेको छ । अझै पनि केही सदस्यहरु समस्या र अप्ठारोमा हुनुहुन्छ भने संघलाई जानकारी गराउनोस संघ सदैव आफ्ना सदस्यहरुको सेवामा तत्पर रहेको छ, विज्ञप्तिमा उल्लेख गरिएको छ ।