तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक सुरु भएको छ। बैठकमा पार्टी संगठन सुदृढीकरणदेखि आगामी महाधिवेशनसम्मका विभिन्न एजेन्डामा छलफल हुनेछ।

बैठकको प्रस्तावित कार्यसूचीमा जिल्ला अधिवेशन कार्यविधि २०८३, बैंक खाता सञ्चालन सम्बन्धी व्यवस्था, तथा केन्द्रीय आयोग, सल्लाहकार परिषद्, संघीय नेतृत्व मञ्च र विभागहरूको मनोनयनसम्बन्धी विषयहरू रहेका छन्।

Nepal Telecome

त्यसैगरी महाधिवेशन कार्यविधि मस्यौदा समिति गठन, विज्ञ तथा योजना प्रस्ताव (Call for Experts/Project Ideas) सम्बन्धी विषय पनि छलफलको सूचीमा समावेश गरिएको छ।

विविध अन्तर्गत प्रतिनिधिसभा सदस्यहरूको संगठनात्मक जिम्मेवारी, केन्द्रीय समिति बैठक तयारी तथा संसदीय दलका लागि प्राविधिक सहायता र लेवी सम्बन्धी विषयमा समेत छलफल हुने बताइएको छ।