काठमाडौं । नेपाली सुगम संगीतको आकाशमा एउटा नयाँ र प्रेमिल गीत थपिएको छ। माया गर्ने जोडीहरूका लागि एउटा मिठो सांगीतिक उपहार स्वरूप युगल रोमान्टिक गीत ‘मेरो कोही छ’ भिडियो सहित सार्वजनिक भएको छ।

यस गीतमा सुमधुर स्वरकी धनी गायिका गीता पाण्डे र सुमधुर आवाजका गायक समिर सुवेदी सुवेदीले प्राण भरेका छन्। गीत सुन्ने बित्तिकै गुनगुनाउन मन लाग्ने शब्द र संगीत चर्चित संगीतकार दीपक शर्माले सिर्जना गरेका हुन्। संगीतलाई थप उचाई दिन पुरुषोत्तम सुवेदीले संगीत संयोजन गरेका हुन् भने नरेन्द्र वियोगीले यसको मिक्सिङ र मास्टरिङ गर्नु भएको छ।

म्युजिक भिडियोमा अहिलेका लोकप्रिय मोडल समीर सुवेदी र अश्मी थापाको जोडीलाई निकै आकर्षक ढंगले प्रस्तुत गरिएको छ। चर्चित कोरियोग्राफर हेमराज विश्वकर्माले तयार पारेका ‘हुक स्टेप’हरूले भिडियोमा छुट्टै रौनक थपेको छ, जुन टिकटक र सामाजिक सञ्जालमा भाइरल हुने देखिन्छ।श्रृङ्गारले सजाउने काम भने अनिमेश जोर्डनले गरेका छन्।

Nepal Telecome

अनुभवी छायाँकार करन चैसिरले दृश्यहरूलाई जीवन्त बनाएका छन् भने विनोद बमको कुशल सम्पादन र पूजा ठकुरीको निर्देशनले भिडियोलाई पूर्णता दिएको छ। यस गीतमा नगरपालिका पार्टनरः सुर्यविनायक नगरपालिका, डिजिटल रणनीति सहयोगः जेमिनाई एआई साथै सुपर अनलाईन टिभी रहेको छ। म्युजिक भिडियो गायिका गीता पाण्डेको आधिकारिक युट्युब च्यानलबाट संसारभर हेर्न र सुन्न सकिनेछ।