काठमाडौँ – बरिष्ट कलाकार विद्या कार्की द्वारा आफ्नो जन्मदिनको अवसरमा नेपाल चलचित्र कलाकार संघलाइ रु. २२,२२२.०० ( अक्षेरुपि रु. बाइस हजार दुइ सय बाइस) सहयोग गरेकी कुरा नेपाल चलचित्र कलाकार संघका केन्द्रिय अध्यक्ष रबिन्द्र खड्काले जानकारी गराएका छन् । कोभिड-१९ को विषम परिस्थितिमा संघले गरेको सामाजिक कार्यको उच्च मुल्यांकन गर्दै नेपाल चलचित्र कलाकार संघ समेत कम्जोर अर्थतन्त्र बाट गुज्रीरहेको अबस्थामा बरिष्ट कलाकार तथा कलाकार संघकि सदस्य विद्या कार्कीले आफ्नो जन्मदिनको उपल्क्ष्यमा आफ्नै संघलाइ केहि सहयोग होस् भन्ने हेतुले उनले सहयोग रकम संघको बैंक खातामा जम्मा गरिदिएकी हुन्।

यस भन्दा अगाडी पनि निर्माता/नायकश्र राज श्रेष्ठ(राजेन्द्र) ले आफ्नो जन्मदिनकै अवसरमा रु. १५,५५५.०० (पन्ध्र हजार,पाँच सय पचपन्न रुपैया ) सहयोग गरेका थिए।

Nepal Telecome

आफ्नो जन्मदिनको पावन अवसर पारेर आफ्नै कलाकार संघलाइ माया गरि संघको हकहित तथा कलाकारहरुको प्रेरणाको श्रोत बन्दै यसरि आर्थिक सहयोग गरेकोमा नेपाल चलचित्र कलाकार संघको कार्यसमितिको तर्फ बाट अध्यक्ष रबिन्द्र खड्काले विद्या कार्कीको सुस्वास्थ्य, दिर्घायु एबम उत्तर उत्तर प्रगतिको साथमा सामाजिक कार्यमा यसरीनै सदैब लाग्ने प्रेरणा मिलिरहोस भन्दै शुभकामना ब्यक्त गरेका छन्।