काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढ्दा चाँदी घट्यो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ८ सय रुपैयाँले बढेको हो ।

बिहीबार २ लाख ७८ हजार ३ सय रुपैयाँमा कारोवार भएको छापावाला सुन आज प्रतितोला २ लाख ७९ हजार १ सय रुपैयाँमा कारोवार भैइरहेको छ । यसैगरी आज चाँदीको मूल्य भने घटेको छ । बिहीबार ४ हजार २३५ रुपैयाँमा कारोवार भएको चाँदी आज ५५ रुपैयाँले घटेर ४ हजार १८० रुपैयाँमा कारोवार भैइरहेको छ ।