News of Global २७ आश्विन २०८३, मंगलबार
logo_sideko_ads
Nepal News → Politics → Business → Entertainment → Music → Film → Society → International ‘Inmark’ Mira Rana ‘Miss Glam World Nepal 2026’ Timbung Pokhari
menusads
menusads
दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

News of Global
News of Global
आइतबार, आषाढ २८, २०८३

दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया

काठमाडौं । अभिनेत्री तथा निर्देशक दीपाश्री निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रिया गरिएको छ । काठमाडौंको माइतीघरस्थित अन्नपूर्ण न्युरो अस्पतालमा उनको ट्युमरको शल्यक्रिया गरिएको हो ।

Nepal Telecome

हाल उनी अन्नपूर्ण न्यूरो अस्पतालमा उपचाररत छिन् । स्वास्थ्यमा समस्या देखिएपछि केही दिनअघि उनलाई अस्पताल भर्ना गरिएको थियो ।

निरौलाको ब्रेन ट्युमरको सफल शल्यक्रियापछि अभिनेता तथा निर्माता दीपकराज गिरीले सामाजिक सञ्जालमार्फत स्वास्थ्य अवस्थाबारे जानकारी दिएका छन् ।

गिरीका अनुसार चलचित्रको छायांकन (सुटिङ) चलिरहेका बेला निरौलालाई ब्रेन ट्युमर भएको पत्ता लागेको थियो । त्यसपछि टोली केही समय अन्योलमा परेको र चिकित्सकको सल्लाहअनुसार तत्काल शल्यक्रिया गर्नुपर्ने अवस्था आएको उनले उल्लेख गरेका छन् ।

उनले प्रारम्भिक चरणमा उपचारका लागि भारत जानुपर्ने सुझावहरू आए पनि अन्ततः नेपालमै वरिष्ठ न्युरोसर्जन डा. बसन्त पन्तको नेतृत्वमा शल्यक्रिया गर्ने निर्णय गरिएको बताएका छन् ।

उनले भने, ‘यो साता हाम्रो लागि निक्कै चुनौतीपूर्ण र कठिन समय रह्यो ! सुटिगंको बिचमा दीपाजी लाई ब्रेन ट्यूमर भएको पत्ता लाग्यो त्यसपछि हामी अन्यौलमा पर्यौ, तुरून्त शल्यक्रिया गर्नुपर्ने भयो ! भारत जाने सल्लाह पाइयो । तर अन्त्यमा नेपालकै अनुभबी डाक्टर बसन्त पन्तद्दारा शल्यक्रिया गर्ने निर्णय भयो ! भगवानको आशीर्बादले शल्यक्रिया सफलतापूर्बक सम्पन्न भयो । हाल उहाँ आइसियूबाट जनरल वार्डमा आएर स्वास्थ्यलाभ गर्दै हुनुहुन्छ ।’

गिरीले भगवानको आशीर्वादले शल्यक्रिया सफलतापूर्वक सम्पन्न भएको र हाल निरौला आइसियूबाट जनरल वार्डमा सारिएर स्वास्थ्यलाभ गरिरहेकी जानकारी दिएका छन् ।

साथै, उनले दीपाश्रीको शीघ्र स्वास्थ्यलाभको कामना गर्ने दर्शक, शुभेच्छुक तथा उपचारमा संलग्न सम्पूर्ण स्वास्थ्यकर्मीप्रति आभार व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस !
Developed by: Websoft IT Nepal Pvt. Ltd.