त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित भन्सार क्षेत्रमा सर्वसाधारण यात्रुका सामान बोकेका बाकस एवम लगेजहरु लामो समयदेखि अलपत्र अवस्थामा रहेको पाइएको छ। भन्सारको निषेधित क्षेत्रभित्र राखिएका यस्ता बाकस एवम लगेजहरुका कारण सामान व्यवस्थापन, सुरक्षा र सेवाप्रवाहमाथि प्रश्न उठेको छ।



