" /> सपना रोका मगरलाई दुव्र्यवहार गरेको आरोपमा विनयजंग पक्राउ – News of Global

News of Global मंगलबार, फाल्गुण ०४, २०७७

काठमाडौं । काठमाडौं प्रहरीले बीबीसीको प्रभावशाली महिलाहरुको सूचीमा पर्न सफल सपना रोकामगरमाथि दुर्व्यवहार गरेको आरोपमा विनयजंग बस्नेतलाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंको टोलीले बस्नेतलाई काठमाडौंको नयाँ बसपार्कबाट पक्राउ गरेको हो ।

रोकामगरले आफुमाथि दुर्व्यवहार गरेको भन्दै बस्नेतविरुद्ध प्रहरीमा उजुरी दिएकी थिइन् । सोही उजुरीका आधारमा बस्नेतालाई पक्राउ गरिएको परिसरका एसपी रमेश बस्नेतले जानकारी दिए । केही महिनाअघि बेलायती सञ्चारमाध्यामा बीबीसीले प्रत्येक वर्ष प्रकाशित गर्ने विश्वका प्रभावशाली सय महिलाहरुको सूचीमा सपना परेकी थिइन् ।

म्याग्दी जिल्लाकी सपना सडक र गल्ली किनारमा भेटिएका बेवारिसे शवहरुको व्यवस्थापन गर्दै आएकी युवती हुन् । बस्नेत पनि उनीसँगै शवहरुको व्यवस्थापन गर्दै आएका थिए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]