" />
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी एमालेका वरिष्ट नेता माधवकुमार नेपाल महिना दिनभित्रै नयाँ पार्टी गठन गर्ने अन्तिम तयारीमा पुगेको जनाइएको छ । पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले एक पछि अर्को सदस्यहरुलाई निलम्बन गरेपछि संसदको सबैभन्दा ठूलो पार्टी विभाजनको मुखमा पुगेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले माधव कुमार नेपाल, भिम रावल, सुरेन्द्र पाण्डे,घनश्याम भुषाल लगायतका नेताहरुलाई ६ महिनाको लागि निलम्बन गरिएसँगै एमाले विभाजनको संघारमा पुगेको बताइन्छ । यससँगै अहिले नेपाल समूह समान्तार कमिटी निर्माणमा लागेको छ ।
नेपाल समूहले अखिल नेपाल महिला संघ, युवा संघ र अनेरास्ववियूको राष्ट्रिय कार्यकर्ता भेला राखेर अलग केन्द्रिय कमिटी बनाइ सकेको छ। यस अघि नै खनाल–नेपाल समूहले यसअघिनै हरेक प्रदेशमा संयोजक तोकिसकेको छ।
जसअन्तर्गत नेता सुरेन्द्र पाण्डेलाई गण्डकी प्रदेशको संयोजक बनाएको छ । पाण्डेको संयोजकत्वमा गण्डकी प्रदेशका सबै जिल्लामा समानान्तर कमिटीसमेत गठन भइसकेका छन् । जस अनुसार कास्कीमा धनराज आचार्य, स्याङ्जामा रामचन्द्र भट्टराई, म्याग्दीमा बालकृष्ण सुवेदी, बागलुङमा इन्द्रलाल सापकोटा, पर्वतमा भक्त कुँवर, तनहुमा शंकरनारायण श्रेष्ठ अध्यक्ष चयन भएका छन् ।
यसअघि नै भीम आचार्यलाई प्रदेश १, घनश्याम भुसाललाई प्रदेश २, अष्टलक्ष्मी शाक्यलाई बागमती, युवराज ज्ञवालीलाई लुम्बिनी र कर्णाली तथा भीम रावललाई सुदूरपश्चिम प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । यस्तै रघुजी पन्तले युवा, गोकर्ण विष्टले विद्यार्थी, प्रमेश हमालले बुद्धिजीवी र योगेश भट्टराईले प्रचार विभाग प्रमुखको जिम्मेवारी पाइसकेका छन। वैशाख महिनाभर टोल कमिटीदेखि केन्द्रसम्म पार्टी निर्माण गरिने र त्यसपछिको बाटो तय हुने नेपाल समूहका नेताहरुले दाबी रहेको छ ।https://www.youtube.com/watch?v=59dtoaIynks