गायिका एलिना चौहान अब व्यवसायी पनि, ‘रमणी’को शुभारम्भ बनेकी छन
काठमाडौं । चर्चित गायिका एलिना चौहानले संगीत यात्रासँगै व्यवसायिक क्षेत्रमा पनि पाइला चालेकी छन्। उनले करोडौं रुपैयाँको लगानीमा ‘रमणी’ नामक नयाँ व्यवसायको शुभारम्भ गरेकी हुन्।

एलिनाले गायनबाट आर्जन गरेको आम्दानीलाई व्यवसायमा लगानी गरेको बताएकी छन्। संगीत क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी उनले अब उद्यमशीलताको यात्रासमेत सुरु गरेकी हुन्।

Nepal Telecome

नयाँ व्यवसायको उद्घाटन समारोहमा एलिना निकै उत्साहित देखिएकी थिइन्। तर आफ्नो संघर्षपूर्ण विगत सम्झँदै उनी केहीबेर भावुकसमेत बनिन्। उनले आफ्नो सफलताको यात्रामा साथ दिने परिवार, शुभचिन्तक तथा दर्शक–श्रोताप्रति आभार व्यक्त गरिन्।