" /> विरही कार्कीको ‘एक्लै भयो पिपलु’ – News of Global

News of Global शनिबार, पौष ०९, २०७९

काठमाडौं । चर्चित गायक विरही कार्कीको शब्द, संगीत र स्वरमा रहेको गीत ‘एक्लै भयो पिपलु’ हिजो शुक्रबारबाट सार्वजनिक भएको हो । गायक विरही कार्कीकै यूट्यूब च्यानलबाट सार्वजनिक भएको यो गीत प्रवासिएका नेपाली मनहरुको प्रतिनिधिमूलक गीतका रुपमा परिभाषित गर्दा फरक नपर्ला ।
घर देशमा केही गरौं त सपना किन्ने धन छैन
धन भएको परदेशमा माया गर्ने मन छैन
घरदेशमा रोजगारी नपाएर परदेशिएका नेपालीहरुको यथार्थ कहानी बनेको छ यो लोकगीत । गायक कार्कीको शब्द सिर्जना जस्तै सामाजिक परिवेश पनि बनिरहेको छ । दुःखबाट भाग्दा भाग्दै गरेको मन क्षितिजसम्म पुग्दा पनि भाग्ने ठाउँको खोजीमा रहेको बेला साथीकै साथ घात भएको यथार्थ कहानीहरु समेटिएका छन् ।
प्रिज्म डिजिटल रेकर्डिङ स्टुडियोमा रेकर्ड भएको उक्त गीतको संगीत संयोजनको पक्ष र मिक्सिङको काम भने श्यामश्वेत रसाइलीले गरेका छन् । गीतको म्यूजिक भिडियोलाई निर्देशक शंकर बिसीले निर्देशन गरेका छन् । भिडियोमा विनोद भण्डारी र जुना गुरुङले फिचरिङ गरेका छन् । साथमा विनोद केसी, सुमन बैरागी, जीवन बल्कोटी, मनिषा लामाले पनि अभिनयमा साथ दिएका छन् । भिडियोलाई करण चैंसिरले खिचेका हुन् भने नवीन घर्ती मगरले सम्पादन गरेका छन् ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]