" /> गोरखाको शहिद लखन गाउँपालीका ९ नाम्जुङमा ट्याक्टरबाट खसेर १३ बर्षका बिवश ढकालको मृत्यु – News of Global

News of Global मंगलबार, चैत्र ३१, २०७७

गोरखा, ३१ चैत । गोरखाको शहिद लखन गाउँपालीका ९ नाम्जुङमा ट्याक्टरबाट खसेर आज बिहान एक स्कुले बालकको मृत्यु भएको छ । मनकामना ढुंगागाडे सडकखण्ड अन्तरगत नाम्जुङ छेलाङे चोक नजिकैेट्याक्टरबाट खसेर १३ बर्षका बिवश ढकालको मृत्यु भएको वडा अध्यक्ष राम प्रसाद लामीछानेले जानकारी दिए ।

बिधालयमा ट्युसन कक्षा नभएपछि उनि नाम्जुङबाट गोरखा जादै गरेको ग १ त ४५८२ नम्बरको ट्याक्टरमा चढेर घर फर्कदै थिए । घर फर्कदै गर्दा ट्याक्टरको पछाडीको भागमा ठोकिएर खस्दा उनको घटनास्थलमै मृत्यु भएको बुंकोट प्रहरी चौकीका इन्चार्ज सन्तोष अधिकारीले बताए । उनका अनुसार मृतक ढकाल सरस्वती आधारभुत बिधालयमा कक्षा ७ मा अध्ययन गर्दथे ।

ट्याक्टरका चालक रोल्पाका अन्दाजी ३० बर्षिय ओम बहादुर घर्ति मगरलाई प्रहरीले नियन्त्रणमा लिएको इन्चार्ज अधिकारीले जानकारी दिए ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]