काठमाडौं । नेपाली मौलिक कला, संस्कृति तथा परम्पराको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यसहित तयार पारिएको नयाँ सांगीतिक प्रस्तुति ‘भैलेनी देउसीरे’ सार्वजनिक भएको छ । नमस्ते वायरलेस र ब्लस हाउसको प्रस्तुतिमा तयार भएको गीतमा गायिका रेश्मा सुनुवारको स्वर रहेको छ ।
गीतका शब्द तथा सङ्गीतसमेत रेश्मा सुनुवार स्वयंले तयार पारेकी हुन् । नेपाली मौलिक भैली तथा देउसी संस्कृतिलाई सांगीतिक माध्यमबाट नयाँ पुस्तासम्म पुर्‍याउने लक्ष्यसहित गीत निर्माण गरिएको हो ।

Nepal Telecome

गीतको एरेन्ज, मिक्सिङ तथा मास्टरिङ पुष्कर सुनुवारले गरेका छन् । गीत मेलोडी नेपाल स्टुडियोमा रेकर्ड गरिएको हो ।

गीतको भिडियोमा बिना राउत र तालिशा गुरुङको अभिनय देख्न सकिन्छ । भिडियोमा सोनिका गजमेरले मेकअप, नितिन वाइबाले कोरियोग्राफी तथा नीरेन श्रेष्ठ र कुबेर तामाङले निर्देशन गरेका छन् । त्यसैगरी, मोहन सुनुवारले छायांकन तथा सम्पादनको जिम्मेवारी सम्हालेका छन् । भिडियोको पोस्ट प्रोडक्सन मेलोडी नेपाल प्रोडक्सनले गरेको हो ।

आरएमडी टक्सको सहयोग रहेको यस सांगीतिक प्रस्तुतिले नेपाली मौलिक भैली तथा देउसी संस्कृतिको महत्त्वलाई उजागर गर्दै परम्परागत सांस्कृतिक पहिचानको संरक्षणमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ ।
‘भैलेनी देउसीरे’ गीत स्पोटिफाई, युट्युब म्युजिक, टिकटक, आइट्युन्स, सावन, अमेजन म्युजिकलगायत विभिन्न डिजिटल प्लेटफर्ममा उपलब्ध हुने जनाइएको छ ।