काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ८२२ सहित १७०३ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १२ सय ३६ डिस्चार्ज हुँदा २३ जनाको मृत्यु भएको छ ।

उपत्यकामा ८२२ सहित शुक्रबार १७०३ जना थपिएसँगै संक्रमितको संख्या २ लाख २९ हजार ३४३ पुगेको छ। देशभर अहिले १७ हजार २३७ जना कोरोनाका सक्रिय संक्रमित छन्। मन्त्रालयका अनुसार १७ हजार २३७ जना आइलोसनमा र ६०१ जना क्वारेन्टाइनमा छन्।

पछिल्लो २४ घण्टामा १२ सय ३६ जना कोरोना जितेर डिस्चार्ज भएका छन्। योसँगै कुल डिस्चार्ज हुनेको संख्या २ लाख ९ हजार ४३५ पुगेको छ। शुक्रबार कोरोनाबाट थप २३ जनाको मृत्यु भएको छ। योसहित नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १४ सय ३५ पुगेको छ।

Nepal Telecome

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा ४४३ पुरुष र ३७९ महिला गरेर २४ घण्टामा उपत्यकाका तीन जिल्लामा ८२२ जनामा संक्रमण पुष्टि भएको छ ।

काठमाडौं जिल्लामा मात्र सक्रिय संक्रमितको संख्या सात हजार ८६७ रहेको छ । अहिलेसम्म ७८ हजार १६२ जनाले कोरोना जितेका छन् भने ३४२ जनाको मृत्यु भएको छ ।

कुल संक्रमित सात हजार ७८९ रहेको भक्तपुरमा ६०८ जना सक्रिय संक्रमित रहेका छन् । सात हजार ९२ निको भएको भक्तपुरमा ८९ जनाको मृत्यु भएको छ । १२ हजार ९६२ संक्रमित रहेको भक्तपुरमा १५ सय ४६ जना सक्रिय संक्रमित छन् । ११ हजार ३१५ जना निको हुँदा १०३ जनाले ज्यान गुमाएका छन् ।