काठमाडौं । सामना क्रियशनको आयोजनामा भएको दोस्रो साधना म्यूजिक अवार्ड २०७७ को उत्कृष्ट पाँचभित्र परेका स्रष्टा र सिर्जनालाई मनोनयनको प्रमाणपत्र प्रदान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय अध्यक्ष रमेश बिजीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि रमेश बीजीले अवार्डप्रति लक्षित गर्दै भने वास्तविक स्रष्टाहरुले अवार्ड पाएर भाडाको साँघुरो कोठामा राख्न गाह्रो भइरहेको छ । अब रिवार्ड हुनुपर्छ भनिरहेको अवस्थामा दराज बनाएर अवार्ड खोज्न आउनेहरुको भीड भएको गुनासो गरे । स्रष्टाहरुको प्रोत्साहन र सम्मानका लागि गरिएको अवार्डले विश्वसनीयता पाउनु सबैभन्दा ठूलो कुरा भएको अध्यक्ष बिजीले बताए ।
विभिन्न ३० विधामा आयोजना भएको उक्त अवार्डमा आधुनिक, लोक, पप, लगायतका विभिन्न विधाका स्रष्टाहरुको उपस्थिति रहेको थियो । मनोनयनको प्रमाणपत्र लिने उक्त कार्यक्रममा गायक रामजी खाँड, पुष्कल शर्मा, कस्तुप पन्त, नेत्र भण्डारी, कोरियोग्राफर काजिस श्रेष्ठ, मोडल सनम कठायत, चिरञ्जीवी सापकोटा, पिएन सापकोटा, शिशिर पौडेल, टीका जैसी, उषा सुवेदी, लक्ष्मी कार्की, गायिका सञ्जु न्यौपाने, रितु तामाङ, संगीतकार सन्तोष श्रेष्ठ, एरेन्जर राकेश सोनी, निर्देशक जीवन शाही, देवेन्द्र पाण्डे लगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व अध्यक्ष चन्द्र शर्मा, वरिष्ठ पत्रकार शान्तिप्रिय, रेडियो काठमाडौंका प्रमुख बजार व्यवस्थापक एवं संचारकर्मी चन्द्रमणी गौतम, म्यूजिक खबरका सम्पादक सविता पोखरेल, गायिका तथा व्यवसायी धनकुमारी थापा सरु, संगीत कला पत्रकार संघका अध्यक्ष सुमन पण्डित, उपाध्यक्ष लोकराज अधिकारी, मोडल तथा अभिनेता श्रीदेव भट्टराई लगायतको आतिथ्यता रहेको थियो ।

Nepal Telecome

Sadhana Music Award