काठमाडौं । हिमाली जिल्ला मुस्ताङको जोमसोम चिनाउने लोकप्रिय गीत ‘जोमसोमै बजारमा ,बाह्र बजे हावा सरर, ए हजुर घर हाम्रो पोखरा’का सर्जक विश्व थकालीको निधन भएको छ । गीतकार थकालीको हिजो शनिबार अमेरिकामा निधन भएको हो । झन्डै साढे दुई दशकअघि सिर्जना भएको यो गीत सर्वाधिक लोकप्रिय गीतका रुपमा चिनिन्छ । गीतकार तथा संगीतकार विश्व थकालीको अमेरिकामा हृदयघातका कारण निधन भएको उनका भान्जा अदित थकालीले जानकारी दिए।

Nepal Telecome

लामो समयदेखि अमेरिका बसोबास गर्दैआइरहेका सर्जक थकालीको पुर्ख्यौली घर मुस्ताङको घरपझोङ ४ जोमसोम हो। साढे २ दशकअघि नेपथ्य ब्यान्ड स्थापना गर्न महत्वपूर्ण भूमिका निभाएका थकालीले ब्यान्ड स्थापनासँगै मुस्ताङको भौगोलिक अवस्थालाई चित्रण गर्दै ‘हावा सरर’ बोलको गीत रचना गरेका थिए।

मुस्ताङमा दिनहुँ १२ बजेको समयमा अत्यधिक हावाहुरी चल्ने भएकाले उनले त्यो गीत रचना गरेका थिए। सर्जक थकालीको ५२ वर्षको उमेरमा अमेरिकामा निधन भएको हो। उनका धर्मपत्नी सहित २ छोरा छन्।