तेह्रथुम। सोमबार बिहान साढे ९ म्याङलुङ नगरपालिका(३ नागदह बस्ने ७२ वर्षीया फूलमाया ढुंगानाको आगोले जलेर मृत्यु भएको छ। उनी घर नजिकैको बारीमा सुकेको झ्यास, झिक्रा डढाउन पुगेकी थिइन्। आगो फैलिएर नजिकैको बास झ्याङमा पनि आगलागी भएको थियो।

आगलागी हुँदा उनको जलेर मृत्यु भएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता प्रहरी उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए।

Nepal Telecome

बासझ्याङमा आगलागी भएपछि स्थानीय किशोरप्रसाद सिग्देल र फूलमायाकी जेठी बुहारीले निभाउने खोजेका थिए। त्यसबेला उनीहरूले फूलमायालाई जलेको अवस्थामा मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय तेह्रथुमले जनाएको छ।

यस घटनामा थप अनुसन्धान भइरहेको कार्यालयले जनाएको छ।