म्यानचेस्टरले स्पेनिस क्लब ग्रानडालाई समग्रमा ४(० गोलले पछि पार्दै अन्तिम चारमा स्थान पक्का गरेको हो।

पहिलो लेगमा २(० को जित हात पारेको म्यानचेस्टर बिहीबार भएको दोस्रो लेगमा पनि २(० गोल नै विजयी भयो।

Nepal Telecome

बिहीबार म्यानचेस्टरका लागि काभानीले छैटौं मिनेटमा पहिलो गोल गरे। ग्रानडाका भलेजोले ९० मिनेटमा आत्मघाती गोल गरेपछि म्यानचेस्टरको जित पक्का भएको थियो।

यता आर्सनलले चेक गणतन्त्रको क्लब स्लाभिया प्रागलाई समग्रमा ५(१ गोलले पराजित गर्‍यो।

पहिलो लेगमा १(१ गोलको बराबरीमा रोकिएको आर्नसलले दोस्रो लेगमा ४(० गोलको जित निकाल्यो।

आर्सनलका लागि पेपेले १८ मिनेटमा गोल गर्दा लाकाजेटीले २१ र ७७ मिनेटमा गरी दुई गोल गरे। साकाले २४ मिनेटमा एक गोल गरे।

यता इटालियन क्लब रोमाले डच क्लब अयाक्सलाई समग्रमा ३(२ गोलले पछि पार्दै सेमिफाइनलमा स्थान बनाएको छ।