काठमाडौं । नेकपा माओवादी केन्द्रका वरिष्ठ नेता एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले काठमाडौंको चिसापानीमा रहेको तरकारी फार्महरुको अवलोकन गरेका छन् । नेता श्रेष्ठले चिसापानीमा करिब ८० रोपनीमा तरकारी खेती गरिरहेका कृषकहरुसँग साक्षत्कार गर्दै त्यहाँको वस्तुस्थिति बुझेका हुन् ।

चिसापानी नमूना कृषि समूहको आग्रहमा नेता श्रेष्ठले कृषकहरुसँग भेटघाट गरेका हुन् । नमूना कृषि समूहकी उपाध्यक्षसमेत रहकी गायिका सुनिला गुरुङको संयोजनमा भएको थियो । नेता श्रेष्ठले त्यहाँ रहेका कृषकहरुको तरकारी फार्ममा पुगेर कृषकहरुसँगै करिब ५ घन्टा बिताएका थिए । कृषकहरुको भेलामा उनीहरुको दुःख, पीरमर्का र विचौलियाबाट भोग्नुपरेको समस्याका बारेमा छलफल गरेका थिए ।

चिसापानी नमूना कृषि समूहका अध्यक्ष हरि बहादुर घर्तीको अध्यक्षतामा भएको कार्यक्रममा नेता श्रेष्ठले कृषकहरुबिना देशको विकास सम्भव नभएको बताउँदै समृद्ध देशका लागि पहिला कृषि क्षेत्रलाई प्रोत्साहन गर्नुपर्ने बताए । कृषि क्षेत्र उमुन्नत भए मात्र देश विकासमा टेवा पुग्ने बताउँदै कृषकहरुको दुःखमा हातेमालो गर्ने बताए । नेता श्रेष्ठले मल, बिउ, औषधि र विज्ञहरुको तालिम नपाएका किसानहरुलाई स्रोत र साधनले भ्यासम्म सम्बन्धित निकायमा पहल गर्ने प्रतिबद्धतासमेत जनाएका छन् ।

Nepal Telecome

कार्यक्रममा नेता श्रेष्ठसँगै कोभिड भोलिन्टियर सर्भिस (सिभीएस)का संयोजक इन्द्र भट्टराई लगायत सिभीएसका टोली, गोरखा जनसांस्कृतिक मञ्चका अध्यक्ष दिपसागर थापा, गोरखा सांस्कृतिक समाजका अध्यक्ष सुमन पण्डित, महासचिव रविन लामिछाने लगायतको सिभीएस र कलाकारको टोली त्यहाँ पुगेको थियो ।