एजेन्सी । अहिले विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसबारे चलचित्र बनाइएको छ।

क्यानडाका निर्देशक मोस्तफा केसवानीले ‘कोरोना फियर इज अ भाइरस’ (एउटा डरलाग्दो भाइरस कोरोना) चलचित्र निर्माण गरेका हुन्।

Nepal Telecome

गत फेब्रुअरी १४ मा छायांकन तथा सम्पादन सकिएको यो चलचित्र चाँडै प्रदर्शनमा आउने निर्देशकले बताएका छन्।

लिफ्टमा अड्किएका ७ व्यक्तिको कथामा आधारित उक्त चलचित्रमा तीमध्ये एक जनालाई खोकी लागेपछि सुरु भएको संघर्षको कथा छ।

कोरोना भाइरसबारे बनेको यो नै पहिलो चलचित्र भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन्।