News Of Global शनिबार, आषाढ २७, २०७७

काठमाडौं । कोरोनाको सन्त्रास र हवाई उडान स्थगनले गर्दा नेपालमा करिब ४ महिनादेखि विदेशी पर्यटकको आगमन ठप्प छ । यसबाट आहत भएका पर्यटन व्यवसायी सरकारले चाँडो अन्तर्राष्ट्रिय उडान खुलाउने र पर्यटक आउन थाल्ने आशामा छन् ।

सरकारले सुरक्षा निर्देशिका पालना गर्ने गरी अन्तर्राष्ट्रिय उडान खुलाउने हो भने शरद ऋतुभित्रै करिब २० प्रतिशत पर्यटक नेपाल भ्रमणमा आउने अनुमान व्यवसायीको छ । अहिले विदेशबाट पर्यटकको चासो र सोधखोज विस्तारै शुरु भएको ट्रेकिङ एजेन्सिज एसोसिएशन अफ नेपाल (टान) ले जनाएको छ ।

टानका अध्यक्ष खुमबहादुर सुवेदीले वसन्त ऋतुमा बुकिङ गरेर रद्द भएका पर्यटक नेपाल आउन चाहिरहेको बताए । आगामी असोज–कात्तिकमा पूर्ण सुरक्षा प्रवन्ध अपनाएर पर्यटकीय गतिविधि संचालन गर्ने हो भने उनीहरु नेपाल भ्रमणमा आउने उनको भनाइ छ ।
नेपाल सुरक्षित गन्तव्य हो, शरद ऋतुमा केही गतिविधि सुरु नभएमा एकसाथ धेरै व्यवसायी पलायन हुने अवस्था आउने टानका अध्यक्ष खुमबहादुर सुवेदीले बताए
खासगरी पदयात्रा र पर्वतारोहणमा पर्यटकको चासो बढी देखिएको उनले जानकारी दिए । यसमा समुदायसँग पर्यटक र पर्यटकसँग समुदायसमेत टाढै रहने हुनाले साहसिक पर्यटकहरु नेपाल आउन चाहिरहेको उनी बताउँछन् । नेपालमा शरद ऋतुमा पदयात्राका लागि बढी पर्यटक आउने गर्छन् । वसन्त ऋतुमा भने बढी पर्वतारोहण हुने गर्छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]