" />
काठमाडौं । संविधान संशोधन विधेयकको दुई तिहाईभन्दा बढी मतले संसदमा पास भएको छ । संघीय संसदबाट लिपुलेक लिम्पियाधुरा र कालापानी समेटिएको नेपालको नक्शा अङ्कित निसान छापका लागि प्रस्तुत संसोधन बिधेयक सम्माननीय संसदबाट एक मतले पारित भएको हो । यस महान अवसरमा पूर्वी नवलपरासी कावासोति –१६ का जनताले खुशीयाली मनाएका छन् । कावासोतीको जनता मा.वि. सहिदनगर डण्डामा क्वारेन्टिनमा रहेका दाजुभाई दिदी बैनिहरुलार्इ सामाजिक दुरी कायम राखी सहभागी गराई खुशियालिका साथ दिप प्रज्वलन गरेका हुन् । उनीहरुले संसदको कार्यप्रति सम्मान व्यक्त गर्दै अब छिट्टै भूमि फिर्ता हुने विश्वासका साथ दीप प्रज्ज्वलन गरेको बताएका छन् ।