" /> किन निदाएनन् ३ दिनसम्म पशुपति शर्मा र देवी घर्ती – News of Global

News of Global आइतबार, साउन ०४, २०७७

काठमाडौं । पशुपति शर्माको गीत आउने वित्तिकै तिज आएको महसुस हुन्छ नेपाली सांगीतिक क्षेत्रमा । उनीबिनाको तिज खल्लो हुन्छ । उनको एउटा मात्र गीत आए पनि तीजमा रौनकता अर्कै हुन्छ । दुई दिनअघि मात्र देवी घर्ती, राजु ढकाल र पशुपति शर्माको तिज गीत ‘दुई बिसेले छोयो’ बजारमा आएको थियो । त्यसको चर्चा सेलाउन नपाउँदै पुनः आज अर्को गीत बजारमा आएको छ ‘निदाइन ३ दिन’ ।

लोकप्रिय गायक पशुपति शर्मा र लोकप्रिय गायिका देवी घर्तीको आवाजमा रहेको तिज गीत ‘निदाइन ३ दिन’ले फेरी अर्को चर्चा थपेको छ । पशुपति शर्माको लय शब्दमा रहेको यो गीतमा रेखा शर्माको प्रस्तुति रहेको छ । गीतमा तारानाथ आचार्यको संगीत संयोजन रहेको छ ।
गीतको म्यूजिक भिडियोमा गायक पशुपति र गायिका देवीले नै फिचर्ड गरेका छन् । दुर्गा पौडेलको छायाँकन तथा निर्देशनमा रहेको यो गीतको सम्पादन भने दिपक विष्टले गरेका हुन् । गीतलाई पशुपति शर्माकै अफिसियल यूट्यूब च्यानलबाट सार्वजनिक गरिएको छ ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]