" /> सार्वजनिक यातायातको मनपरी, एकैदिन परे २ सय ६३ कारवाहीमा – News of Global

News of Global शुक्रबार, साउन ०९, २०७७

काठमाडौं । सरकारले गत असार १ गतेदेखि लकडाउन खुकुलो गर्दैैै सुरक्षा सावधानी अपनाउँदै सार्वजनिक बस सञ्चालन गर्ने निर्णय गरेको थियो । तर यातायात व्यवसायीहरुले विभिन्न माग अघिसार्दै बस सञ्चालनमा असहयोग गर्दै आएका थिए । गत सोमबारदेखि भने बस सञ्चालन गर्न व्यवसायीहरु सहमत भएका छन् । साथै मन्त्रिपरिषद्को बैठकले भदौदेखि लामो स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै बस सञ्चालन गर्ने निर्णय गरेको छ ।

लकडाउन खुलेसँगै सडकमा सवारी चाप बढेको छ । कोरोना भाइरस रोकथाम मापदण्ड पालना नगर्ने सवारी साधनलाई महानगरीय ट्राफिक प्रहरी महाशाखाले सवारी साधनलाई कारबाही थालेको छ ।

बुधबार ट्राफिक प्रहरीले कूल २ सय ६३ सवारी साधानलाई कारबाही गरेको छ । यस्तै मापदण्ड पूरा नगर्ने र बढी यात्री राख्ने ३२ सार्वजनिक बस, ट्याक्सी, टेम्पोलाई बेलुका ८ बजेसम्म सडकमा होल्ड गरेर कारबाही गरेको ट्राफिक प्रवक्ता एससपी बामदेव गौतमले जानकारी दिए । ट्राफिक प्रहरीले सडकमा गुड्ने यात्रीबहाक सवारी सधानले सङ्क्रामक रोग रोकथामका लागि मापदण्ड पालना गरे नगरेको बारे अनुगमन महाशाखाबाट ३ टोली खटाइएको जानकारी दिए ।

ट्राफिक प्रहरीले रसिद काटेर आर्थिक जरिवाना नगरी सडकमा सवारी होल्ड गरेर कारबाही गर्न थालेको छ । यस्तै काठमाडौँ उपत्यकामा चल्ने सवारी साधानहरुले स्वास्थ्य मापदण्ड पालना गरे नगरेको बारेमा विभिन्न २९ ठाउँमा अनुगमनका लागि प्रहरी परिचालन गरेको र विभिन्न स्थानमा रहेका ट्राफिक पोस्टहरुले पनि अनुगमन गरेर जानकारी दिने प्रवक्ता गौतमले बताए ।

सवारी साधनले बढी भाडा लिएको बारे हालसम्म प्रहरीलाई गुनासो नआएको र त्यस्तो भए ट्राफिक प्रहरीलाई खबर गर्न उनले आग्रह गरे ।

About Us

Total News of Global

सामाजिक सञ्जाल

our team

Publisher

Shuvakamana Media Solution Pvt.Ltd.

 

Chairman

Tanka Bahadur Pandit

 

Editor

Sabita Pokharel

 

Contact:

01-4010545/ 9851007430

Email: [email protected]